इप्पानलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरू लगानी गर्नुस्, अरुलाई खोला दिनु पर्दैन

दलित अनलाईन ४ माघ २०८१, शुक्रबार १६:५५

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्प्पान)लाई उर्जामा लगानी बढाउन आग्रह गरेका छन्।

स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्प्पान)को रजत जयन्तीका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै उनले उर्जाका अन्य क्षेत्रको पनि खोजी भइरहेको बताए।

प्रधानमन्त्री ओलीले भने, ‘उर्जा क्षेत्रमा नयाँ नयाँ सम्भावनाको खोजी गर्नु पर्नेछ। ग्रिन हाइड्रोजन इनर्जी उत्पादन गर्न पनि अनुसन्धान भइरहेको छ। देशलाई आधुनिकीकरण र विकास गर्दै अध्याँरोबाट उज्यालोमा लाने प्रयासमा लागेका ऊर्जा उत्पादकहरूको  योगदानको उच्च मूल्याङ्कन र प्रशंसा गर्छु। तपाईँहरू लगानी गर्नुस्, लगानी खोज्दै अरुलाई खोला दिइरहनु पर्दैन।’

Shivam Cement

प्रधानमन्त्री ओलीले ऊर्जा क्षेत्रमा सरकारको लगानीका साथै निजी क्षेत्र र वैदेशिक क्षेत्रको लगानीलाई पनि उत्तिकै महत्व दिइएको जनाउँदै व्यवस्था बदलिदो अवस्था बदलिएन भन्नेहरूलाई उत्पादकहरूले सफलताका कथा देखाएर अवस्थामा परिवर्तन ल्याएको स्पष्ट गरे।

त्यस्तै उनले ऊर्जा खपतका ठाउँहरू आफैं बनाउने भएकाले ऊर्जा बिक्रीको चिन्ता गरिरहनु नपर्ने बताए। उनले स्वदेशमै फलाम खानी र मल कारखानाजस्ता ठुला उद्योगको स्थापना हुने क्रममा रहेको र बन्द भएका उद्योगलाई नयाँ ढाँचामा सञ्चालनको तयारी भएकाले उत्पादित ऊर्जाको खपतको चिन्ता लिइरहनु नपर्ने बताए। सरकारले आगामी ११ वर्षभित्र २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादनको मार्गचित्र तयार गरेको छ।

‘हामीसँग आठवटा औद्योगिक क्षेत्रहरू छन्। फलाम खानी र मल कारखाना खोल्दैछौँ। दैलेखमा ग्याँस उत्पादन हुँदैछ। ध्वस्त भएको उद्योगहरूले पुनर्जीवन पाउँदैछन्। ती सबैमा ऊर्जाका खपत हुनेछ,’ उनले भने।

प्रधानमन्त्री ओलीले आयातित फोसिल फ्युलको कम प्रयोग गर्दै नवीकरणीय ऊर्जाको प्रयोग बढाएर मुलुकलाई समृद्ध बनाएरै छाड्ने दृढता व्यक्त गरे। ओलीले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले देशलाई आधुनिकिकरण र विकासको बाटोमा अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको बताए।

उनले भने, ‘इप्पानले अध्यारोबाट उज्यालोतर्फ देशलाई डोर्‍याउन आफ्नो लगानी गरेको छ। इप्पानले धेरै उपलब्धीहरु हासिल गरेको छ। इप्पानले देश विकासमा पुर्याउनु भएको योगदान धेरै नै महत्वपूर्ण  छ। देशलाई एउटा आधुनिकीकरण र विकासको  बाटोमा अगाडि बढाउन धेरै भूमिका खेलेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank