रवि लामिछाने फेरि हिरासतमा

दलित अनलाईन २८ पुष २०८१, आईतवार १७:००

काठमाडौँ —  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले न्यायिक हिरासतमा पठाएको छ । काठमाडौं जिल्ला अदालतमा लामिछानेको बयान सकिए पनि थुनछेक बहस नभएकाले न्यायिक हिरासतमा पठाइएको हो ।

काठमाडौं जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई न्यायिक हिरासतमा पठाएको हो ।

काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले थुनछेक बहसको अन्तिम आदेश नआएसम्म न्यायिक हिरासतमा पठाइएको जानकारी दिए । ‘उहाँलाई न्यायिक हिरासतमा पठाइएको हो । बयान सम्पन्न भए पनि थुनछेक बहस भएर अन्तिम आदेश नआएकाले न्यायिक हिरासतमा पठाइएको हो । सोमबारदेखि थुनछेक बहस हुन्छ,’ शर्माले भने ।

लामिछानेका तर्फबाट कानुन व्यवसायी यज्ञमणि न्यौपानेले थुनछेक बहस गर्नका लागि आग्रह गरिए पनि न्यायाधीशबाट समय अभावका कारण सम्भव नभएको भनी न्यायिक हिरासतमा पठाइएको जानकारी दिए । ‘इजलासमा बयान सकियो ।२०-२५मिनेट समय बाँकी थियो । लामिछानेका तर्फबाट थुनछेक बहस गरौं भन्ने प्रस्ताव गर्‍यौं तर सरकारी वकिलले अध्ययन गर्नुपर्नेछ भन्नुभयो । न्यायाधीशले पनि आज समय पुगेन भन्ने कुरा गर्नुभयो र प्रहरीको जिम्मा लगाउनुभयो,’ न्यौपानेले भने, ‘कानुन व्यवसायी वा परिवारको जिम्मा लगाइदिनुस् भन्दा न्यायाधीशले मान्नुभएन र प्रहरीको जिम्मा न्यायिक हिरासतमा पठाउनुभयो । अब भोलि थुनछेक बहस हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank