हुम्ला— कर्णाली प्रदेश सरकार, सामाजिका विकास मन्त्रालयले आर्थिक वर्ष २०७७ र ०७८ मा हुम्ला जिल्लाबाट उच्च शिक्षा अध्ययन गर्ने दलित विद्यार्थीहरूका लागि आठ कोटा छात्रवृत्ती उपलब्ध गराउने भएको छ ।
हुम्ला जिल्लाबाट उच्च शिक्षा स्नातक र स्नातकोत्तरमा अध्ययन गर्ने विद्यार्थीहरूले कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालय सुर्खेतले तय गरेको प्रावधान अनुसारका कागजातहरू पेश गर्नु पर्नेछ ।
जिल्लामा रहेका सामाजिक विकास कार्यालयहरूले छनोट गरेका जेहेन्दार विद्यार्थीले उक्त सेवा पाउने सामाजिक विकास कार्यालय हुम्लाका सूचना अधिकारी धर्मराज वोहराले जानकारी दिए ।
यो छात्रवृत्ती कर्णाली प्रदेशका दश जिल्लाका ८० जनाले पाउने छन् । हुम्लाले यो वर्ष ८ जनालाई उच्च शिक्षा दलित छात्रवृत्ती उपलब्ध गराउने छ । यसका लागि सामाजिका विकास कार्यालय हुम्लाले २०७७ माघ २९ गतेदेखि २०७७ फागुन २९ गतेसम्मका लागि आवेदन माग गरेको छ ।
यो कार्यक्रमका लागि स्थायी बसोवास गरेको गाउँपालिकाको सिफारिशपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलीपी, आफु अध्ययनरत शैक्षिक संस्थाको अध्ययन गरेको निस्सा खुल्ने कागजाता, शैक्षिक योग्यता प्रमाणपत्रका प्रतिलीपीहरू लगायतका कागजातहरू निवेदनमा समावेश गर्नुपर्ने उक्त सूचनामा उल्लेख गरिएको छ ।
थोरै आवेदन परेका योग्यताको आधारमा र धेरै आवेदन परेमा आवश्यक छनौट गरी ८ जनालाई जनही २४ हजार एकमुष्ट रकम प्राप्त हुने भएको छ । यसबाट केही मात्रामा भए पनि दलित विद्यार्थीहरूलाई सहयोग पुग्ने आशा गरिएको छ ।
Leave a Reply