दलित महिला सामूहिक बलात्कारका अभियुक्त सार्वजनिक

दलित अनलाईन ११ पुष २०८१, बिहीबार १६:२५

मोरङ —  मोरङको जहदा गाउँपालिका– ३ की दलित महिलालाई मंगलबार सामूहिक बलत्कार गरेको आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ ।

तीन जना अभियुक्तविरुद्ध तीन वटा मुद्दामा म्याद थप गरेर अनुसन्धान सुरु गरेको मोरङ प्रहरीले जनाएको छ।

मंगलबार बिहान शौच गएकी ती महिला दिउँसो नजिकैको बाँसघारीमा मुखमा कपडा कोचिएको तथा हातखुट्टा बाँधिएको र अचेत अवस्थामा फेला परेपछि उद्धार गरिएको थियो ।

मोरङ कटहरी गाउँपालिका-२ का २० वर्षीय महमद रमजान, १९ वर्षीय सुनिलकुमार साह र भारत बिहार राज्य अररिया घर भई हाल कटहरी-२ बसी ग्यारेजमा काम गर्ने १८ वर्षीय महमद गुल्जरलाई प्रहरीले अपहरण, शरीर बन्धक राखी ज्यान मार्ने उद्योग गरी जबरजस्ती करणी मुद्दामा कारबाही प्रक्रिया अघि बढाएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank