जबसम्म जात व्यवस्था रहन्छ तबसम्म विभेदहरु रहिरन्छ

ललिता  विद्रोही १४ पुष २०७८, बुधबार २२:०३

महाविभेद हाम्रो देश नेपाल बनावट र प्राकृतिक हिसाबले अद्भुत र सुन्दर रहेको भए पनि अनेक विभेदहरु विकासका बाधक बनेका छन। विभेद नामका रोगहरु पनि निकै पुराना छन। जातीय विभेद, वर्गीय विभेद, लैङ्गिक विभेद लगायतका विभेदहरु हुन। त्यसमा विकासको सबैभन्दा ठुलो बाधक भनेको जातीय विभेद  नै हो । र त्यसभन्दा पनि महाविभेद भनेको मधेशमा दलित महिलासँग गरिरहेको विभेद हुन।

हुन त मनुको स्मृति तथा ब्राह्महरुले बनाएको वर्ण व्यवस्था अनुसार मानव समाजको सभ्यतालाई नै तहसनहस गर्ने गरेका छन।  केहि अल्पसङ्ख्यक ब्राह्मणहरु आफ्नो निजी स्वार्थका लागि तथा मानव समाजमाथि आधिपत्य जमाई राख्नका निम्ति वर्ण  व्यवस्था लागु गरेका छन। देश मा यही मुख्य कारणहरुले गर्दा करिब 80% जनता उत्पीडनमा आज पनि व्यवस्था राजमान रहेका छन। यो जात व्यवस्थालाई लागु गरि सकेपछि प्रयोगमा मानव समाजलाई भ्रमित गरि अराजकताको स्थापना भएको थियो। जसले मानवतलाई नै बलात्कार गरिरह्यो। आखिर जातमा पाखण्डता, भ्रम, अवैज्ञानिकता, अप्रमाणित, नोक्सानी आदिको सिबा कुनै पनि फाईदामुलक कुरा रहेको देखिँदैन। साथै महिला र पुरुष विच रहेको विभेदले पनि समाजको विकासमा ठुलै अवरोध गरेको छ। अनेक कालमा अभियन्ता हरुले विकृती विभेदहरुको विरुद्दमा निकै संघर्ष गरेको इतिहास छ। तर अहिलेसम्म मा निकै परिवर्तन भए पनि धेरै कुरा सुध्रिन बाँकी छन।

हिन्दु धर्मको स्थापना समाजलाई काल्पनिक र भ्रमित गर्नका लागि भएको हो। नेपालमा माओवादीको जनयुद्ध यी विभेदहरुलाई अन्तर्गतका निम्ति भयो। तर मधेशका मुद्दाहरूलाई मधेशी जन अधिकार फोरमले बुलन्दी रुपमा  आवाज  उठायो।

 

आदिम युगमा जब मानवको उत्पति भयो त्यति बेला कसैको निजी सम्पती थिएन। सब जङ्गलमा सिकार गरेर, कन्दमुल खोजेर खाने गर्थ्यो। जब महसुस भयो कि बांच्नका लागि यी यी कुरा चाहिन्छ। त्यती बेल खेती गर्नका निम्ति जग्गा र पशुपालन सुरु गरे। बलियो मान्छेहरू जमिन्दार, मालिक बने र कमजोरहरुलाई दास, बनाएर काम गराउन थाले। मालिकहरुको सङ्ख्या कम थियो र मजदुरहरु निकै धेरै सङ्ख्यामा थियो। दासहरुले एकता बनाएर मालिकहरूको विरोध गर्न थाले। त्यती बेला मालिकहरुले जातको स्थापना गरे। आफूलाई ब्राह्मण, सिकारीहरूलाई क्षत्रीय, ब्यपारीहरुलाई बैश्य र दासहरूलाई सुद्र घोषणा गरिदिए। तर सुद्रहरुको सङ्ख्या फेरि पनि अति नै धेरै थियो। फेरि सुद्रहरु एकता गरेर अत्याचार को विरुद्द विद्रोह गर्न थाले। फेरि मालिकहरुले सुद्रलाई 6763 जातमा विभाजन गरिदिए र एकतालाई फोरेर राज गर्न थाले। ब्राह्मणहरुले सम्पुर्ण महिलालाई सुद्र नै ठाने। महिलाहरूलाई पनि सेवामा मात्र सिमित राखे। साथै हिन्दु धर्मको स्थापना गरेर समाजलाई झुट्टा र अप्रमाणित भ्रमहरु फैलाइ मालिक हरुको हरेक कुरा मान्न र सेवामा समर्पित रहन दासहरूलाई बाध्य बनायो। विभिन्न अभियन्ताहरूले विद्रोह गरे पनि छिमेकी देश भारतमा जन्मेको डा भीमराव अम्बेडकरले कलमको माध्यमबाट निकै परिवर्तनका निम्ति सम्पुर्ण उत्पीडित समुदाय हरुका उत्थानका निम्ति भारतका सम्बिधान लेखे। डा भीमराव अम्बेडकर सुद्र समुदाय मा जन्मेपनी विभेदहरुका विरुद्द निकै संघर्ष गर्नुभएको इतिहास छ। विश्वमा कुनै पनि धर्ममा उचनीच, छुवाछुतका कुराहरू न रहे  पनि हिन्दु धर्ममा निकै पाइन्छ।

हिन्दु धर्मको स्थापना समाजलाई काल्पनिक र भ्रमित गर्नका लागि भएको हो। नेपालमा माओवादीको जनयुद्ध यी विभेदहरुलाई अन्तर्गतका निम्ति भयो। तर मधेशका मुद्दाहरूलाई मधेशी जन अधिकार फोरमले बुलन्दी रुपमा  आवाज  उठायो। धेरै एजेण्डाहरु पुरा पनि भए केही मुख्य एजेन्डाहरू पुरा भए को छैन। देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र आए पनि मधेशमा दलित र दलित महिलाहरुको अवस्थामा खासै परिवर्तन भएको छैन। दलित कोटामा मधेशी दलितले खासै लाभ पाएको छैन। अझै पनि विपन्नता,अशिक्षा,असुविधाहरु मधेशी दलित समुदायमा यथावत रहेको छ। दलित भन्दा पनि  महाविभेमा मधेशी दलित महिलाहरु छन। परिवर्तनका निम्ति मधेशी दलित महिलाहरु राजनीतिमा आए पनि हेप्ने, कुरा सुन्न न चाह्ने, सुनेर पनि बास्ता न गर्ने, आदि जस्ता महाविभेदहरु यथावत रहेका छन। जवसम्म जात व्यवस्था खारेज हुँदैन र विभेदकारी हरुलाई कडा सजाय हुँदैन । तबसम्म महाविभेद भइरहन्छ। अन्तमा म यो भन्न चाहन्छु कि महिला प्रति, दलित र दलित महिला लगायत मधेशी दलित महिलाप्रति सरकार गम्भीर हुनुपर्छ। र देश र समाजका विकासका निम्ति यी विभेदहरु तथा महाविभेदको अन्त हुनैपर्छ।

( लेखक विद्रोही जसपा नेपलकाकी मधेश प्रदेश समिती सदस्य हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank