धनगढीमा हुने दलित मुक्ति मोर्चा नेपालको पाँचौं राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा

दलित अनलाईन २४ कार्तिक २०७८, बुधबार १८:३१

धनगढी – सामाजिक दलाल पुँजीवादको आधुनिक विभेदका विरुद्ध सशक्त दलित आन्दोलन र वैज्ञानिक समाजवादको पक्षमा दलित मुक्तिको पाँचौं राष्टिय सम्मेलन भन्ने मूल नाराका साथ दलित मुक्ति मोर्चा नेपालको पाँचाौं राष्ट्रिय सम्मेलनको  तयारी अन्तिम चरणमा पुगेको छ ।

दलित मुक्ति मोर्चा नेपालको पाँचौं राष्ट्रिय सम्मेलन कार्तिक २७ देखि धनगढीमा हुनेछ । बुधबार धनगढीमा आयोजिक पत्रकार सम्मेलनमा मोर्चाको पाँचौं सम्मेलन धनगढीको पार्कमोडमा हुने जानकारी दिइएको हो ।

पत्रकार सम्मेलमा बोल्दै मोर्चाका अध्यक्ष डम्बरबहादुर विश्वकर्माले धनगढीमा हुने सम्मेलनका लागि तयारी अन्तिम चरणमा पुगेको बताए । उनले सम्मेलनको कार्तिक २७ गते हजारौं जनताको उपस्थितिमा कलाकार, बाजागाजा, झाँकी, र र्याली सहित भव्य उद्घाटन गरिने बताए । सम्मेलनको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलन ‘सामाजिक दलाल पूँजीवादको आधुनिक विभेदका विरुद्ध सशक्त दलित आन्दोलन ! वैज्ञानिक समाजवादको पक्षमा दलित मुक्तिको पाँचौं राष्ट्रिय सम्मेलन !’ भन्ने मूल नाराका साथ यही कार्तिक २७, २८ र २९ गते आयोजना हुन लागेको  हो ।

सम्मेलनमा देशका ७७ वटै जिल्ला र भारत प्रवासबाट प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवक गरि करिव ३५० जनाको उपस्थिति हुने जनाइएको छ ।
त्यस्तै सम्मेलनमा विभिन्न राजनीतिक पार्टी निकट मित्र दलित संघ–सङ्गठनहरु र भारतीय दलित मित्र सङ्गठन, नेकपा निकट विभिन्न जनवर्गीय सङ्गठन र मोर्चाहरुलाई उद्घाटनमा आतिथ्यताका लागि निमन्त्रणा गरिएको आयोजक दलित मुक्ति मोर्चा नेपालले जनाएको छ ।

सम्मेलनबाट दलित मुक्ति आन्दोलनको समिक्षा सहित नयाँ विचार, राजनीतिक कार्यदिशा, सङ्गठनको नयाँ नाम र संरचना, नीति कार्यक्रम एवं संघर्षको स्वरुप बारे बहस छलफल र संश्लेषण हुने मोर्चाद्धारा बुधबार नै जारी विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा भनिएको छ ‘देश अहिले यथास्थिति कि अग्रगमन भन्ने बहसमा छ । दलित समुदाय माथिको विभेद र उत्पीडन चरम चुलीमा छ । राज्यप्रणाली उतपीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदाय हित अनुकूल आमूल परिवर्तन हुन नसक्नुको परिणाम स्वरुप यी सबै गतिविधि भैरहेका छन् ।

यस विषम परिस्थितिमा जनमतसंग्रहको माध्यमबाट दलाल संसदीय व्यवस्थाको विकल्पमा ‘वैज्ञानिक समाजवाद’ प्राप्तिको मार्गमा अघि बढ्नु आजको एकमात्र विकल्प हो र यसको नेतृत्व एकीकृत जनकान्तिले मात्र गर्न सक्छ भन्ने कुरा देशमा घटिरहेका पछिल्ला राजनीतिक घटनाक्रमले पुष्टि गर्दछन् । परिस्थितिको यही सेरोफेरोमा हुन गइरहेकोहाम्रो मोर्चाको आसन्न पाँचौ राष्ट्रिय सम्मेलनलाई भव्यताका साथ सम्पन्न गर्न आ–आफ्नो ठाँउबाट साथ र सहयोग गर्न सम्पूर्ण देशभक्त, प्रगतिशील लोकतन्त्रवादी, वामपन्थी, कम्युनिष्ट कान्तिकारी, बुद्धिजीवी, नागरिक समाज, पत्रकार एवं एवं न्याय र समानताका पक्षधर आम जनसमुदायमा हार्दिक आह्वान गर्दछौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank