एनपिएल : जनकपुरको लगातार तेस्रो जित, पोखराको दोस्रो हार

दलित अनलाईन २० मंसिर २०८१, बिहीबार १२:२८

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बिहीबारको पहिलो खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको छ । पोखरा एभेन्जर्सले दिएको १३९ रनको लक्ष्य जनकपुर बोल्ट्सले १७ ओभर एक बलमा तीन विकेटको क्षतिमा पूरा गर्दै लगातार तेस्रो जित निकालेको हो ।

जनकपुरको जितमा लहिरु मिलान्थाले ४५, आसिफ शेखले ३३, जेम्स निसमले ४० रनको योगदान दिए । बलिङमा पोखराका विपिन खत्री, माइकल लिस्क र कप्तान कुशल भुर्तेलले एक एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङमा आएको पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३८ रनको योगफल बनाएको थियो ।

पोखराको यो लगातार दोस्रो हार हो । यसअघि पोखरा चितवन राइनोजसँग पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank