बहराइनमा थप ७७ जना नेपालीमा कोरोना पोजेटिभ

दलित अनलाईन १७ बैशाख २०७७, बुधबार १२:०३

काठमाडाैं-नेपाली कामदारको प्रमुख गन्तव्यका रूपमा रहेकाे खाडी मुलुक बहराइनमा मंगलबार थप ७७ जना नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् । बहराइनस्थित नेपाली राजदूतावासका अनुसार मंगलबार ७७ जना नेपालीमा काेराेना भाइरसकाे संक्रमण देखिएकाे हाे । याे सँगै बहराइनमा काेराेना संक्रमित हुने नेपालीको संख्या एक सय २६ पुगेको छ ।

बहराइन अधिराज्यमा हालसम्म संक्रमितहरुको संख्या एक हजार पाँच सय ५६ पुगेको छ । यी मध्ये दुई जनाको अवस्था गम्भीर रहेको राजदूतावासले जनाएको छ । साथै, कोरोनाबाट अहिलेसम्म आठ जनाको मृत्यु भइसकेको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बहराइन सरकारले श्रमिकहरुको स्वास्थ्य तथा सुरक्षा सुनिश्चित गर्न श्रमिकलाई नयाँ आवासमा स्थानान्तरण गर्न सुरु गरेको राजदूतावासले जनाएको छ ।

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास तथा बहराइनको परराष्ट्र मन्त्रालयका अन्डर सेक्रेटरी हि डा. शेखा राना विन्त इसा विन दाइज आइ–खालिफाबीच भएको टेलिफोन सम्वादपछि नेपाली कामदारलाई सामाजिक दूरी कायम गर्न नयाँ आवासमा स्थानान्तरण गर्न लागिएको राजदूतावासले जनाएको छ । बहराइनको परराष्ट्र मन्त्रालयका अनुसार नयाँ आवासमा श्रमिकहरूकाे स्वास्थ्य परीक्षण तथा संक्रमणकाे निगरानीका लागि स्वास्थ्यकर्मी (नर्स)  रहने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank