उच्च नैतिक चरित्र भएका न्यायाधीश आवश्यक छ : सुलभ खरेल

दलित अनलाइन साउन २०, २०८३

काठमाडौँ —  सर्वोच्च अदालतका तीन न्यायाधीशबारे तीन अन्तर्राष्ट्रिय मानव अधिकार संस्थाले जारी गरेको संयुक्त विज्ञप्तिप्रति प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिमा छलपफल भएको छ।

बुधबारको बैठकको सुरुआतमै सो विषयमा छलफल भएको छ। उक्त विज्ञप्तिविरुद्ध रास्वपा सांसद यज्ञमणि न्यौपानेले कानुन, न्याय तथा मानवअधिकार समितिमा निवेदन दर्ता गर्दै छलफलको माग गरेका थिए। सोही मागका आधारमा बुधबार समितिले छलफल आयोजना गरेको हो।

बैठकको सुरुआतमै सभापति समिक्षा बास्कोटाले संविधानको भाग–११ मा न्यायपालिकासम्बन्धी व्यवस्था उल्लेख भएको स्मरण गराउँदै नेपाल स्वतन्त्र न्यायपालिका र शक्ति पृथकीकरणको सिद्धान्तप्रति प्रतिबद्ध रहेको बताइन्।

नेपालमा कानुन निर्माण र संवैधानिक प्रक्रिया स्पष्ट रूपमा व्यवस्था गरिएको उल्लेख गर्दै उनले मानवअधिकारका नाममा विदेशी संस्थाले कहाँसम्म हस्तक्षेप गर्न मिल्छ भन्ने प्रश्न उठाइन्।

समिति सदस्य यज्ञमणि न्यौपानेले विभिन्न मुलुकमा गरेका गतिविधिको उदाहरण प्रस्तुत गर्दै नेपालमा प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामाथि प्रश्न उठाउने व्यवहार स्वीकार्य नहुने बताए। उनले संसदीय सुनुवाइ प्रक्रियाबारे सुझाव दिन नेपालमै नागरिक समाज र सरोकारवाला निकाय रहेको उल्लेख गर्दै विदेशी संस्थाले हस्तक्षेप गर्न आवश्यक नरहेको बताए।

एमनेस्टी इन्टरनेशनल, इन्टरनेशनल कमिशन अफ जुरिस्ट्स र ह्युम्यान राइट्स वाचले विज्ञप्ति निकालेर सर्वोच्च अदालतका तीन जना न्यायाधीशलाई राजीनामा दिन दबाव दिइएको र राजीनामा नदिए महाअभियोग लगाउने चेतावनी दिइएको भनेर संयुक्त विज्ञप्ति निकालेका थिए।

छलफलका लागि संयुक्त विज्ञप्ति जारी गर्ने तीनवटै संस्थाका प्रतिनिधिलाई आमन्त्रण गरिएको भए पनि उनीहरू बैठकमा उपस्थित भएनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank