लहान – सप्तरी, सिराह र धनुषाका तीन दर्जनभन्दा बढी हरवाचरवाका अगुवाहरुले मुक्तिको घोषणा गर्नु पर्ने शर्त राखेका छन् ।
राष्ट्रिय दलित नेटवर्कले लहानमा आयोजना गरेको कार्यक्रममा हरवाचरवाका अगुवाहरुले मुक्तिको घोषणा पहिलो शर्त राखेका हुन् ।
हरवाचरवा नेता रामलाल रामले २० वर्ष अघि कमैयाको मुक्तिको घोषणाहुँदा र ११ वर्षअघि हलियाको मुक्तिको घोषणाहुँदा हरवाचरवा समेत उल्लेख भएको भन्दै सरकार हरवाचरवाको विषयमा सरकार मौन बसेकोमा आक्रोस व्यक्त गरे ।
कार्यक्रममा अर्का हरवाचरवा नेता मोहमद कासिनले आफूहरुमाथि मधेशी भएकोले राज्यले पक्षपात गरेको आरोप लगाए । धनुषा जिल्लाका अध्यक्ष समेत रहेकी आश्मा खातुनले आफूहरुलाई सर्वप्रथम सरकारले मुक्तिको घोषणा गर्नुपर्ने माग गरिन । सुरुगा नगरपालिकाको सदस्य समेत रहेका सप्तरी अध्यक्ष देवलाल रामले आफूहरु स्थानीय सरकारलाई पनि दवाव दिइरहेको तर सुनुवाई नभएको गुनासो गरे । राष्ट्रिय हरवाचरवा अधिकार मंचका केन्द्रीय सचिव समेत रहेका लागेन्द्र सदाले संगठनकातर्फबाट पहिलो हरवाचरवाको नाममा रहेको अनुचित ऋण खारेजीसहित औपचारिक रुपमा मुक्तिको घोषणा हुनुपर्ने, राज्यका तर्फबाट हरवाचरवाको पहिचान गरी तथ्यांक संकलनसहित वर्गीकरण गर्नुपर्ने, हरवाचरवाका लागि कम्तिमा ५ कठठा जमिन दिनुपर्ने र हरवाचरवाका लागि शिक्षा, स्वास्थ्य, रोगारीसहितको व्यवस्था गर्नुपर्न माग गरे ।
कार्यक्रमको उद्घाटन गदै दलित नेटवर्कका अध्यक्ष गणेश विश्वकर्माले मुक्त कमैया र हलियाको मुक्ति र पुनःस्थापना घोषणा गर्ने तयारी गरिरहेको सरकारले प्रदेश २ का ८ वटा जिल्लामा रहेका हरवाचरवाको मुक्तिको समेत घोषणा नगर्नु आश्चर्य चकित बनाएको बताए । विश्वकर्माले तत्काल मुक्तिको घोषणा गर्न माग गदै कमैया तथा हलियाको मुक्तिका बखत हरवाचरवा शब्दको गलत प्रयोग भएको तर पुनःस्थापनामा वेवस्ता गरेकोमा सरकारको ध्यानाकर्षण गराए । द फ्रिडम फण्डका बालाराम भट्राई, दलित नेटवर्कका सचिव डिवि शाहशंकर, विनोद विशुंखे, हुकुम सार्कीलगायत हरवाचरवा मुक्तिको माग गरेका थिए । कार्यक्रम तीन दिनसम्म संचालन हुनेछ । यस रणनीतिक तालिमले हरवाचरवाहरुको १५ जिल्लाको स्थानीय संगठन, तीन जिल्लामा जिल्लास्तरीय संगठन र प्रदेश २ स्तरी राष्ट्रिय संगठन निर्माणको योजना समेत बनाउने छ । दवावमुलक अभियानको योजना बनाउने कार्यक्रम रहेको कार्यक्रम संयोजक संजय महराले बताएका छन् ।
Leave a Reply