माईतिघरबाट तरुण दलका नेताको आरोप : नेकपाकै निर्देशनमा रुकुम घट्ना घटाईएको हो [तस्बिरहरु]

दलित अनलाईन ३ असार २०७७, बुधबार २३:५२

काठमाडौं-  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका नेता उत्तम चापागाईँले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै निर्देशनमा रुकुम घटना घटाईएको गम्भीर आरोप लगाएका छन् । संयुक्त दलित युवा संघर्ष समितिले माईतिघर मण्डलामा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै उने यस्तो आरोप लगाएका हुन् ।

उनले जनआन्दोलनको उद्गम थलोमा जातीय विभेदको यस्तो नरसंहार हुनुमा नेकपाकै नेताहरुको संलग्नता रहेको दाबी गरे । कार्यक्रममा नायक तथा गायक यशकुमार परियार, शर्मिला नेपाली, गायक तथा सङ्गीतकार अमृत खातीलगायतले सम्बोधन गरेका थिए । रुकुम हत्या प्रकरणमा युवा अधिकारकर्मीहरुले युवराज दर्नालकाे नेतृतवमा संयुक्त दलित युवा संघर्ष समिति गठन गरी माईतिघर मण्डलामा विरोध कार्यक्रम आयोजना गरेको हाे ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank