मन्दिर प्रवेशमा रोक लगाउँदै कुटिए पंखबहादुर विक : उजुरी दर्ता

रमेश सुनार ३० श्रावण २०७७, शुक्रबार ११:४८

कालिकोट — शुभकालिका गाउँपालिका –४ मुग्राहाका २५ वर्षीय पंखबहादुर विकलाई जातीय आधारमा कुटपिट गदै मन्दिर प्रवेशमा रोक लगाएका छन् ।
साउन २६ गते स्थानीय २३ वर्षीय अर्जुन शाही, २२ वर्षीय कमल शाही, १९ वर्षीय युवराज शाहीको समुहले जातीय विभेद गालीगौलज गदै कुटपिट गरी मन्दिर प्रवेशमा रोक लगाएका हुन् ।
धार्मिक परम्परा अनुसार शुभकालिका गाँउपालिका –७ स्थित मच्छेवाडीमा धबलपूरा देवताको पुजा गर्न मन्दिरभित्र प्रवेश गर्न खोज्दा साउन २६ गते कुटपिट गरिएको पीडित पंखबहादुर विक वताए ।
आरोपीहरुले मन्दिरमा जाने भन्दै बाटो छेकी जातीय विभेद आधारमा गाली गर्दै ढुङ्गा र दाउराले कुटपिट गरि भिरबाट खसालिदिएको विकको दावी छ । ‘मार्न गरी कुटपिट गरे, मन्दिर हिडेको भन्दा झनै चर्को रुपमा कुटपिट गरे ।’
पीडकहरुको कुटाईबाट पीडितको दायाँ खुट्टा र घाँटीमा गम्भीर चेट लागेका कारण जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको जिल्ला अस्पताल कालिकोटका सूचना अधिकारी कटक महतले जानकारी दिए ।

जातीय आधारमा कुटपिट गर्नेविरुद्ध उजुरी दर्ता
साउन २६ गते शुभकालिका गाउँपालिका –४ मुग्राहाका स्थानीय २३ वर्षीय अर्जुन शाही, २२ वर्षीय कमल शाही, १९ वर्षीय युवराज शाहीको समुहले जातीय विभेद गालीगौलज गदै कुटपिट गरी मन्दिर प्रवेशमा रोक लगाउने विरुद्ध विकले जिल्ला प्रहरी कार्यालयमा साउन २९ गते उजुरी दर्ता गरे ।
घटनाका वारेमा कालिकोटका प्रहरी प्रमुख डिएसपी श्याम ओलियाले जातीय विभेदको मुद्दा दर्ता भएको र घटनामा संलग्न व्यक्तिहरु फरार रहेका कारण खोजतलास खोजी कार्या जारी रहेको वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank