छठ पूजामै विभेद : दलितले बनाए छुटै घाट

दलित अनलाईन १६ कार्तिक २०७६, शनिबार १७:१७

काठमाडौं– महोत्तरी गौशाला नागरपालिका वडा ५ शिवभक्तिका सात घर दलित परिवारले छठ पुजामा विभेद भोगेका छन ।
छठ पर्व सुरु भएसँगै एउटै टोलमा बसोबास गर्ने गैरदलितहरुबाट २८ जना दलितहरुलाई छठ पुजास्थल सोनी खोलाको घाटमा विभेद गरेका हुन् । उनीहरुले दलित समुदायको घाट एउटै स्थालमा भए ,जे पनि हुनसक्ने भन्दै दलित समुदायलाई गालीगौलज गरी ज्यान लिने धम्की समेत दिएका थिए ।
शिवभक्ति टोलबाट ५० मिटर उत्तरतर्फ रहेको सोनी खोलामा गैरदलितहरु राम्रो ठाउँ कब्जा गरी शुक्रबार नै घाट बनाएपछि शनिबार घाटस्थलमा पुगेका दलित सुमदायहरुलाई हप्कीदप्की गदै दलितहरु भएर घरमा पुजा गर्नुपर्ने भन्दै जातीय रुपमा गालीगौलज गरेका थिए ।
गैर दलित समुदायको घाटभन्दा सय मिटर माथि घाट बनाउन खोज्दै दलितले पुजा गरेको पानी छोएर आफुहरुकोमा जाने भन्दै गैरदलितहरुको घाट भन्दा ५ सय मिटर तल एउटा कुनोमा दलितहरुले घाट बनाएको राजाराम ‘गिरी’ आघोरीनाथले बताए । गैरदलितहरुको जातीय छुवाछूतपछि थर परिर्वतन गरी गिरी लेखेका अघोरीनाथ दलित समुदाय भएको राजारामले बताए ।
गएको बर्षमा पनि आफुहरुलाई एकै ठाउँमा घाट बनाउने विषयमा सब गाउँले मिलेर कुटपिट गर्दा समेत प्रहरी प्रशासनले उजुरी दर्ता समेत नगरेको रामराजा गिरीले बताए । यसपाली पनि हाम्रो टोलमा वडा अध्यक्ष र उपमेयर आएर एकै ठाउँमा घाट नबनाउन दबाब दिएका थिए । उनीहरु गैर दलितको पक्षमा बोल्छन्,हाम्रो पक्षमा बोल्ने को छ र ? रामराजाले भने,दुबैको अडान घाट छुटै बनाउँ भन्ने थियो ।’

                                                                                                गैरदलितहरुले बनाएको सोनी खोलाको घाट

जनप्रतिनिधि विभेदकाे पक्षमा

विगतका वर्षहरुमा पनि दलित समुदायमाथि छठ पुजामा विभेद भएपछि यसपटक पर्वको समयमा झैझगडा गर्नु राम्रो नहुने र घाट छुटै बनाएर बस्न आग्रह गरेको वडा अध्यक्ष धमिन्द्र शाहले स्वीकार गरे । उनले एकै ठाउँमा बस्दा कुटपिट हुनसक्ने भन्दै अगाडी पछाडी जहाँ बसेपनि हुने कुरा रामराजको घरमा गएर भनेको दाबी गरे । ‘मैले केही घटना नहोस भनेर भनेको हुँ, विगतका वर्षमा पनि कुटपिट भएको थियो । ’
वडा अध्यक्षको कुरा सुने जस्तै गरी गैशाला नगरपालिका उपमेयर आशा लामाले पनि एकै स्थानमा घाट बनाउन नहुने अडान लिएकी थिइन् । वडा अध्यक्ष र गाउँलेहरुले छठ पुजामा विभेद गर्न हल्ला गाउँमा पहिलेदेखि नै चल्न थालेपछि छलफल गर्न भनि राजारामको नेतृत्वमा विहिबार गौशला नगरपालिका पुगेका उनीहरुलाई उपमेयर लामाले अडान राखेकी थिइन् । आफुले जातीय छुवाछुत नहोस भनेर वडा अध्यक्ष लगायत दलित समुदायलाई नगरपालिकामा छलफलको लागि बोलाए पनि दुवै टोली नआएको उपमेयर लामाले दलित अनलाइन डटकमलाई बताइन् । मैले एकै स्थानमा बस्दा समस्या आउन सक्ने हिसावले कुरा गरेको हुँ , जातीय हिसाबले र छुवाछूत गर्नुपर्छ भनेर भनेकी होइन । ’
जनकपुर र वीरगन्ज पनि दलित समुदायहरुले छुटै घाट बनाएर पुजा गदै आइरहेका छन् ।
छठमा डोम जातिले बनाउने सुपलीदेखि किसानको सुथनीसमेत छठ पर्वका लागि प्रयोगमा ल्याइन्छ । तर जलाशयमा दलित समुदायका लागि छुट्टै घाट निर्धारण गरिएको हुन्छ । दलितले एउटा कुनामा ठाउँ पाउँछन् । एकै ठाउँमा बसेर छठ मनाउने छुट नरहेको डोम समुदायका दिनेश मलिक बताउँछन् ।
‘बाजेको पालादेखि हामीलाई पोखरीको एक कुनामा छठ मनाउन ठाउँ दिइँदै आएको छ,’ मलिकले भने, ‘हाम्रो घाटमा अन्य जातिका मानिस आउँदैनन्।’ दिनेश र उनको समुदायका करिब ३० जनाले महराज सागरमा छठ पर्व मनाउँदै आएका छन्। ‘हाम्रो हातबाटै बनेको डाला, चगेरा, सुपलीमा सबै जातकाले छठको सामग्री सजाउँछन्,’ किरण मलिकले भनिन्, ‘हाम्रो शरीरमा के लागेको छ र यत्तिको भेदभाव गरिन्छ ? ’
सबै ब्रतालुले जलाशयमै उभिएर सूर्यलाई अर्घ दिन्छन् । पानी नछोए पनि घाटमा भने दलितसँग छुवाछुत गर्ने गरिएको रामप्रीत मलिक बताउँछन् । ‘भगवानले सबैलाई एकनास मानेको छ,’ उनी भन्छन, ‘तर, मानिसले भेदभाव गरेका छन् । भाषणमा समान व्यवहारको कुरा गरे पनि प्रवृत्ति पुरानै छ ।’
गत वर्षसम्म डोम समुदायका लागि छुट्याइएको घाटमा सरसफाइ र सजावट पनि सोही समुदायका व्यक्तिले गर्थे । तर, यस वर्ष सबैले सरसफाइ गरेको फेकन मलिकले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank