पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

दलित अनलाईन ७ श्रावण २०८१, सोमबार ०९:४८

काठमाडौँ  —  पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ।अज्ञात समूहले गएराती धारिलो हतियार प्रयोग गरी रायको हत्या गरेको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले चन्द्रनगर गाउँपालिका १ रतनपुरमा रायको हत्या भएको जनाएको छ।

प्रहरीका अनुसार पूर्वमन्त्री रायमाथि धारिलो हतियार प्रहार भएको छ। रायको कसले हत्या गरेको हो भन्ने खुलेको छैन। प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको जनाएको छ। रायको घर मलंगवा नगरपालिका ४ भएपनि रतनपुरमा आउजाउ गरिरहनु हुन्थ्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank