राप्तीमा बाढीमा फसेका २ जनाको उद्धार, १ जना वेपत्ता

दलित अनलाईन २३ असार २०८१, शनिबार ११:५४

दाङ — दाङस्थित राप्ती नदीको बाढीमा फसेका २ जनालाई सुरक्षाकर्मीले उद्धार गरेका छन्। यस्तै, लमही नगरपालिका ७ हस्नापुरस्थित राप्तीको बाढीमा फसेका १ जना भने वेपत्ता भएको बताइएको छ।

लमही दूध बिक्रीका लागि गएका तीनजना मध्ये राजपुर गाउँपालिका २ का १८ वर्षीय राजकुमार यादव फर्किने क्रममा बेपत्ता भएका छन्।

सुरक्षाकर्मीले राजपुर २ निवासी ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको उद्धार गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank