जमिन नहुँदा सुकुम्बासीको जीवन नै रोकिएको छ : सहमहामन्त्री परियार

दलित अनलाईन २९ श्रावण २०८०, सोमबार ०९:४०

काठमाडौँ —  जमिन नहुँदा भूमिहीन सुकुम्बासीको जीवनको उन्नतिको गति नै रोकिएको नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले बताएका छन् ।

नयाँ बानेश्वरस्थित ल्होत्से हलमा जारी पार्टीको संसदीय दलको बैठकमा बोल्दै सहमहामन्त्री परियारले  सहमहामन्त्री परियारले सरकारले भूमिहीन सुकुम्बासीको समाधानमा कम चासो दिएको भन्दै त्यसबारे पार्टीले ध्यान दिनुपर्ने माग गरे ।

परियारले विगत ३० वर्षदेखिको समस्या समाधानमा सरकार र राजनीतिक दलहरू चुकिरहेको बताए ।  ‘सुकुम्बासीको समस्या देशैभरि छ । गएको तीस वर्षदेखि यो समस्या ज्युँका–त्यूँ छ । तर उनीहरूको आफूले भोगचलन गरिरहेको जमिन कै लालपूर्जा नभएका कारण उनीहरुको जीवनकै गति रोकिएको छ,’ उनले भने, ‘सरकारले तत्कालै भूमिहीन सुकुम्बासीहरुको समस्यालाई सम्बोधन गरोस्, यसका लागि म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank