दीपेश पुनलाई थप आठ दिन हिरासतमा राख्न अनुमति

दलित अनलाईन ४ चैत्र २०८०, आईतवार २०:४५

भैरहवा — सुप्रिम सहकारी ठगी प्रक्ररणमा मुछिएका दीपेश पुनलाई थप आठ दिन हिरासतमा राख्न जिल्ला अदालत रुपन्देहीले अनुमति दिएको छ ।

काठमाडौंबाट शुक्रबार पक्राउ परेका दीपेशमाथि प्रहरीले सहकारी हिनामिनामा अनुसन्धान गरिरहेको छ । रुपन्देहीस्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकम हिनामिनाको अनुसन्धान गर्न रुपन्देही प्रहरीले दीपेशलाई हिरासतमा राखेको हो ।

८३ करोड रुपैयाँ हिनामिना भएको भन्दै एक हजार ७३० सहकारीपीडितले उजुरी दिएका थिए । दीपेश यो सहकारीका संस्थापक कोषाध्यक्ष हुन् । सोही सहकारीका संस्थापक अध्यक्ष जीबी राई भने फरार छन् ।

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशमाथि सुन तस्करीमा संलग्न रहेको आरोपमा पनि अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank