मन्त्री ज्वालाको बर्खास्ती मागमा प्रधानमन्त्रीको जवाफ- प्रतिवेदन हेरेपछि थप कारबाही गरिन्छ

दलित अनलाईन ६ फाल्गुन २०८०, आईतवार १७:०३

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालकुमारी घटनाको छानबिन प्रतिवेदन अध्ययन गरेपछि कारबाही प्रक्रिया अगाडि बढ्ने बताएका छन् । छानबिन समितिले दोषी देखाएका २ युवा मारिएको विषयमा मन्त्री प्रकाश ज्वाला नै दोषी देखाएको सन्दर्भमा एमाले-रास्वपालगायतले बर्खास्त गर्न गरेको मागप्रति उनले सदनमा यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले छानबिन समितिको प्रतिवेदन अहिलेसम्म आफूले अध्ययन नगरेको उल्लेख गर्दै आज गृहमन्त्रालयले बुझाएपछि थप प्रक्रिया अगाडि बढ्ने बताए ।

उनले भने, ‘१० लाख दिएर सरकार चुप लागेर बसेको कुरा तथ्यहीन हो । छानबिन सरकारले नै बनाएको हो । प्रतिपक्षले त बनाएको होइन । छानबिन प्रतिवेदन गृहमन्त्रालयबाट आज मैले बुझ्दै छु । मैले आजै हेर्दैछु । आज क्याबिनेट छ । प्रतिवेदनको अध्यययन गरेपछि आवश्यक कारबाही गरिन्छ ।’

सरकारले घटनालाई गम्भीर र विशेष रुपमा लिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले १० लाख दिएर सरकार चुप लाग्यो भन्ने कुरा सही नभएको बताए । उनले भने, ‘त्यो घटना विशेष भएकै कारण हामीले परिवारका सदस्यलाई राहत स्वरुप लिएको हो । रोजगारीका लागि विदेश जानका लागि हत्या भएको घटनालाई गम्भीर रुपमा लिएर परिवारका एक एक जनालाई रोजगारी दिने निर्णय पनि गरेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank