सुन्दर हरिजनको मृत्युको छानबिन र दोषीलाई कारबाही गर : दलित आयोग

दलित अनलाईन १७ जेष्ठ २०७९, मंगलवार १२:०५

काठमाडौं — राष्ट्रिय दलित आयोगले रोल्पा कारागारमा सुन्दर हरिजन मृत भेटिएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।

चोरी आरोपमा जेल परेका हरिजन आफ्नो कैद अवधि सकिएपछि पनि सुर्खेतका विजयबिक्रम शाहको सट्टामा जेलमा रहेको खुलेको थियो । आयोगले सजाय पाउनुपर्ने व्यक्तिले उन्मुक्ति पाउनु र सजाय नै नपाउनुपर्ने व्यक्तिलाई नियोजित ढंगले जेल सजाय गरिनुमा गम्भीर लापरवाही भएको बताएको छ ।

यो घटनामा बाँके जिल्ला सरकारी वकिलको कार्यालय, जिल्ला प्रहरी कार्यालय, कारागार प्रशासन बाँके, रोल्पा जिल्ला सरकारी वकिल कार्यालय, जिल्ला प्रहरी कार्यालय र रोल्पा कारागार प्रशासनको गम्भीर लापरबाही भएको आयोगको भनाइ छ ।

 

‘यो घटनाले के दलित कसैको सट्टामा जेल बस्न र अनाहकमा मारिनका लागि जन्मेका हुन् भन्ने गम्भीर प्रश्न उठेको छ र यसले दलितको मानव अधिकारको अवस्था कस्तो छ भन्ने संकेत गर्दछ’ आयोगका प्रवक्ता सुन्दर पुर्कुटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आयोगले यस विषयमा गम्भीर छानबिन गरी दोषीलाई हदैसम्मको कारबाही गर्न र सुन्दर हरिजनको परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank