भूमिहीन सुकुम्बासी दलित समुदायलाई निस्सा वितरण सुरु

दलित अनलाईन २७ पुष २०८०, शुक्रबार १७:०५

खोटाङ — राष्ट्रिय भूमि आयोग जिल्ला समितिले भूमिहीन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन निस्सा वितरण सुरु गरेको छ । भूमि प्राप्तिका लागि आयोगमा परेको निवेदनलाई लगत प्रणालीमा प्रविष्ट गरी सकेपछि निस्सा वितरणको काम सुरु गरिएको हो ।

खोटेहाङ गाउँपालिकामा ८ भूमिहीन सुकुम्बासी, ६ भूमिहीन दलित, १० अव्यवस्थित बसोबासी गरी २४ जना सबैले निस्सा पाएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा रहेका ५१ भूमिहीन सुकुम्बासी, १६ भूमिहीन दलित र दुई सय अव्यवस्थित बसोबासी गरी दुई सय ६७ जनामध्ये वडा १ दिक्तेल, २ सोल्मा, ३ बाम्राङ, ५ लफ्याङका ६ जनाले निस्सा पाएको राष्ट्रिय भूमि आयोग खोटाङका अध्यक्ष सुरेश राईले बताए । अन्य पालिकाहरुमा पनि वितरण भइरहेको छ ।

अध्यक्ष राईका अनुसार हलेसी तुवाचुङ नगरपालिकामा भूमिहीन सुकुम्बासी १४, भूमिहीन दलित ८ र अव्यवस्थित बसोबासी एक सय ४०, केपिलासगढी गाउँपालिकामा भूमिहीन दलित ६ र अव्यवस्थित बसोबासी ६ गरी १२, रावाबेसी गाउँपालिकामा भूमिहीन सुकुम्बासी १५ र अव्यवस्थित बसोबासी ४२ गरी ५७, ऐसेलुखर्क गाउँपालिकामा भूमिहीन सुकुम्बासी ६, भूमिहीन दलित ४ गरी १०, साकेला गाउँपालिकामा भूमिहीन सुकुम्बासी ६, भूमिहीन दलित ६ र अव्यवस्थित बसोबासी ६२ गरी ७४ लाभग्राही छन् ।

त्यस्तै, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा भूमिहीन सुकुम्बासी १६, भूमिहीन दलित ४ र अव्यवस्थित बसोबासी ५२ गरी ७२, जन्तेढुङ्गा गाउँपालिकामा भूमिहीन सुकुम्बासी १५ र अव्यस्थित बसोबासी ३१ गरी ४६ र बराहापोखरी गाउँपालिकामा भूमिहीन सुकुम्बासी १८ र अव्यवस्थित बसोबासी ३७ गरी ५५ लाभग्राही छन् ।

जिल्लाभर भूमिहीन सुकुम्बासी एक सय ४९, भूमिहीन दलित ५० र अव्यस्थित बसोबासी पााच सय ८० गरी सात सय ७९ लाभग्राही छन् । उनीहरुलाई सम्वन्धित वडाअध्यक्षहरुले निस्सा वितरण गरिरहेको राईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank