काठमाडौँ — धनुषाकी आरती साहलाई न्याय माग गर्दै उनकाे परिवार र समर्थकले ललितपुरस्थित मानवअधिकार आयाेग अगाडि प्रदर्शन गरेका छन्।
२०१ दिनदेखि आन्दोलित पीडित परिवारले अझै न्याय पाउन नसकेकाे बताएका छन्। उनीहरूले न्याय नपाएकाे भन्दै मंगलबार आयाेग अगाडि प्रदर्शन गरेकाा हुन्।
मानव अधिकार आयोगका मधेश प्रदेश प्रमुख मञ्जु खतिवडाले गलत अनुगमन प्रतिवेदन पठाएको उनीहरूको आरोप छ। यसबारे आयोगलाई जानकारी दिए पनि बेवास्ता गरिएको उनीहरूको गुनासो छ।
प्रदर्शनमा उत्रिएका ६ जनालाई पक्राउ गरेको छ। माइतीघर मण्डललाई निषेधित क्षेत्र घाेषणा परेपछि साहकाे परिवारले शान्तिवाटिकामा धर्ना दिँदै आएकाे छ।
२२ वर्षीया गर्भवती साहको दाइजोको निहुँमा हत्या भएको भन्दै परिवार आन्दोलित छ। आरती धनुषाको मिथिला बिहारी नगरपालिका-३ मिथिलेशवर मौवाही घर भई जनकपुरधाम-९ थापा चोकमा बस्दै आएकी थिइन्। दाइजोका कारण उनको हत्या भएको माइतीपक्षले बताउँदै आएको छ।
आरतीको शव उनी सुत्ने कोठामा पासो लगाएर झुण्डिएको अवस्थामा गत जेठ ७ गते फेला परेको थियो। प्रहरीले पैसाको लिएर मुद्दा कमजोर बनाएको आरोप पनि माइती पक्षले लगाएको छ।
Leave a Reply