एकीकृत समाजवादीले दलित क्लस्टरमा गणेश विकेलाई राष्ट्रिय सभामा उम्मेदवार बनाउने तयारी

दलित अनलाईन २८ मंसिर २०८०, बिहीबार १७:१६

काठमाडौँ — नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी सदस्य  तथा  नेपाल दलित मुक्ति सङ्गठनका केन्द्रीय अध्यक्ष गणेश विकेलाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने तयारी गरेको छ।

एकीकृत समाजवादीले उपाध्यक्ष प्रमेश हमाल, उपमहासचिव गंगालाल तुलाधर, नेता गणेश विके र सावित्री भुसाललाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने तयारी गरेको हो ।

क्लस्टर मिलेसम्म चारैजनालाई अगाडि सार्ने सो पार्टी एक पदाधिकारीले जानकारी दिए। यसबारे निर्णय गर्न आजबाट बस्ने भनिएको सचिवालय बैठक  नेताहरुको कार्यव्यवस्थताको कारणले बैठक सारिएको पदाधिकारीले बताए।

‘पहिला त क्लस्टर मिल्नुप¥यो, यदि मिल्यो र गठबन्धनभित्र भागबण्डामा सहमति जुट्यो भने हाम्रो पार्टीले चार नेतालाई यसपटक राष्ट्रिय सभामा पठाउनेबारे निर्णय गर्न सक्छ,’ ती पदाधिकारीले  भने, ‘दलितबाट गणेश विके, जनजाति क्लस्टरबाट गंगालाल तुलाधर, अन्यबाट प्रमेश हमाल र घनेन्द्र बस्नेतमध्ये एक र महिलाबाट सावित्री भुसाल।’

फागुन २० बाट नेपाली कांग्रेसबाट ४, माओवादी केन्द्र ३, एकीकृत समाजवादी २ र जनता समाजवादी पार्टी (जसपा) १ सांसद रिक्त हुँदैछन्। यस्तै एमालेका ८, स्वतन्त्र १ र सरकारले मनोनित गर्ने १ सिट पनि रिक्त हुँदैछ।

एकीकृत समाजवादीबाट राष्ट्रिय सभामा रहेका नन्दा चपाईं र सिंहबहादुर विश्वकर्मा ६ वर्षे पदावधि पूरा गरेर विदा हुँदैछन्। चपाईं कर्णाली प्रदेशबाट र विश्वकर्मा बागमती प्रदेशबाट २०७४ मा निर्वाचित भएका थिए।

त्यसआधारमा समाजवादीले कर्णाली र बागमती प्रदेशबाट एक–एक सांसद बनाउन पाउनेछ। तर, यसमा एउटामा महिला र अर्काेमा दलित क्लस्टर हुनुपर्नेछ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank