‘बुगिबुगी’मा छोरी कविता नेपालीलाई भोट गर्न आमाबाबुको अपिल

दलित अनलाईन १४ श्रावण २०७५, सोमबार २२:३९

काठमाडौं– तपाईको एक भोटले बुगी बुगीको ताज पहिरन सक्नुहुन्छ, कविता नेपाली । यही भोटको लागि अहिले सबै ‘भोट फर कविता नेपाली ’ भन्दै उहाँलाइ जिताउनको लागि देश तथा विदेशबाट भोट गरिरहनु भएको छ ।
नेपालमा अन्र्तराष्ट्रिय रियालिटी शोका फ़्रेञ्चाइज शोहरु संचालन भइरहेका छन् जसले नेपालका प्रतिभावान व्यक्तिहरुलाई राम्रो प्लाटफर्म सहजै मिल्न थालेको छ । नेपाल आइडल संचालन गरेको एपीवानले अहिले नृत्य तर्फ बुगी वुगी नामक रियालिटी शो संचालन गरिरहेको छ । बुगी वुगीको एक प्रतियोगी कविता नेपालीले दर्शकको मन जित्दै उत्कृष्ट तीनमा आउन सफल हुनुभएको छ । उहाँ आफ्नो मेहनतले मात्र नभई दर्शक, आफन्त, साथी तथा सम्पूर्ण शुभचिन्तकको साथ र मायाले गर्दा यहाँसम्ममा आइपुगेको बताउनुहुन्छ ।
कविता सानैदेखि नृत्यमा रुची राख्नुहुन्थ्यो । कविताको खुट्टामा समस्या भए पनि नाच्न भने छोड्नु भएको छैन । निरन्तर नाचमा संघर्षरत रहेर उहाँले आफ्नो नृत्य यात्रा अघि बढाइरहनुभयो र आज यहाँ सम्म आउन सफल हुनुभएको हो ।
मार्सल आर्टमा राम्रो सम्भावना बोक्नुभएकी कविता नेपालीले खुट्टामा चोट लागेपछि खेल करियरलाई विस्तारै छाड्दै डाक्टरको सल्लाह अनुसार मार्सल आर्ट नखेल्न तर खुट्टालाई पुग्ने गरी शारीरिक अभ्यास गर्न सुझाव दिएपछि नृत्य आफ्नो लागि उपयुक्त हुने ठान्नुभयो र नृत्य प्रशिक्षण सुरु गर्नु भएको कविताले बताउनुभयो ।


नेपालमा पहिलो पटक एपीवान टेलिभिजनले बुगी वुगी नामक डान्स रियालिटी शोको ३ स्थानसम्म आइपुग्नु नै दर्शकको माया भएको कविताले बताउनुभयो । ‘मलाई दर्शकहरुले अत्यधिक मर्न पराउनुभएको छ ,उहाँहरुको मायाको उच्च सम्मान मैले गर्नेछु । ’
यो स्थानसम्म ल्याउने दर्शकहरुलाई विशेष धन्यवाद दिदै कविताले अब एक पटक देशविदेशमा बस्नुहुने सबैले आफुलाई भोट गरेर बुगी बुगीमा विजय गराउन अपिल समेत गर्नुभयो । ‘तपाईको एक भोटले मेरो जीवन बदलिन सक्छ , यहाँहरु सबैलाई मेरो अनुरोध ’फेरी एक पटक देशविदेशमा बस्नुहुने सबैले मलाई एक पटक भोट गरी दिनुहोला ।’

पूर्ण रुपमा कविता नेपालीको विजय सुनिश्चित छ

विक्रम मलाकी
संयोजक , भोट फर कविता नेपाली जितार्औं
एपी वान टेलिभिजनबाट प्रशारण हुँदै आएको चर्चित डान्स कार्यक्रम ‘बुगिबुगी’ अहिले टप ३ को ग्रयान्ड फिनालेको भोटिङ राउण्डमा छ । यो राउण्ड संगै टप ३ मा परेका ३ प्रतिस्पर्धीहरुमध्ये एक जनाले यस वर्षको बुगीबुगीको उपाधी जित्नेछन् । यी प्रतिस्पर्धीमा कविता नेपाली, सरोज मोक्तान र प्रगती पुन छन् । देश विदेशबाट यतिबेला यी ३ प्रतिस्पर्धीहरुलाई आ आफना फ्यानहरुले भोटिङ क्याम्पेनहरु सुरु गरेका छन् र अत्यधिक भोटहरु गरिरहेका छन् । करिब १० दिन सम्म खुल्ला रहने भोटिङलाई सपोर्ट हुनेगरी विभिन्न कार्यक्रमहरु समेत राखिएका छन् । दिनरात नभनी चौविसै घण्टा मोवाइलबाट भोटिङ गरिएको छ । भोट फर कविता नेपाली जितार्औ अभियानका विक्रम मलाकीले पनि कविता नेपालीको जित सुनिश्चित भएको दावी गर्नुहुन्छ । ‘कविता नेपालीको माहोल निकै राम्रो भएको छ, देश विदेशबाट कविता नेपालीलाई भोटको ओइरो लाग्दै छ ।’

विक्रम मलाकीका अनुसार ३ प्रतिस्पर्धी मध्ये कविता नेपालीको परफरमेन्स एक्स्ट्राअरडिनरी भएको बताउँदै देश भित्र र बाहिर रहने सम्पूर्णले र सिंगो दलित समुदायले नै भोट गरी विजय गराउनको लागि आग्रह गर्नुहुन्छ । कविता नेपालीलाई भोट गर्नको लागि टाइप ०२ गरी ३५२२५ मा म्यासेज पठाउन सकिने र भोटिङ श्रावण १९ गते शनिबार बेलुका ५ बजेसम्म खुल्ला रहने मलाकीले जानकारी दिनुभयो ।
बाबु आमाको आग्रह
सानै उमेरदेखि नै छोरी कविता सबैलाई हसाउने , फुरुङ्ग फुरुङ्ग गर्ने स्वभावकी भएको आमा सूर्यमाया गुरुङ नेपाली बताउनुहुन्छ । ‘उसलाई हामीले दुख गरेर भएपनि राम्रो शिक्षा दिएका छौं , हामी पहिलेदेखि नै समाजले अस्वीकार गरेको अन्तरजातीय विवाह गरेपनि हाम्रो सम्बन्ध सबैसँग राम्रो छ ।’ घरको आर्थिक अवस्थाका कारणले छोरीलाई चाहेजस्तो बनाउन नसकिए पनि अहिलेसम्म छोरी कविताले आमाबाबुको मन नदुखाएको बुबा कमल नेपालीले बताउनुभयो । छोरीको नृत्य राम्रो छ , सबैले मुल्यांकन गरिदिनुहोला । ’

छोरीलाई बुगी बुगीबाट विजय भएको हेर्न चाहेको समेत आमा सूर्यमायाले बताउँदै सबैलाई छोरी कविता नेपालीलाई भोट गरीदिनहुनु अपिल समेत गर्नुभयो । तपाईहरुको मायाको कारण छोरी यहाँसम्म आइपुगेकी छ , अब फेरी एकपटक छोरीलाई भोट गरी विजय गराइदिनु होला । ’

तस्बिर  :एपीवान टेलिभिजन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank