करुणा विश्वकर्मालाई फ्ल्याट भाडामा नदिने घरबेटी पक्राउ

दलित अनलाईन १२ फाल्गुन २०७७, बुधबार १९:०३

काठमाडौ— जातकै कारण करुणा विश्वकर्मालाई फ्ल्याट भाडामा दिन नमान्ने घरबेटी माधवराज भुसाललाई महानगरीय प्रहरी वृत्त महाराजगन्जले पक्राउ गरेको छ ।
फ्ल्याट भाडामा दिने भनेर एक हजार रुपैया एड्भान्स लिएका घरबेटीले थर विश्वकर्मा भन्ने थाहा पाएपछि उल्टो जातीय विभेद गदै फ्ल्याट भाडामा दिन इन्कार गरेका थिए ।
गत बिहीबार जातीय विभेद गरेको भन्दै करुणाले महानगरीय प्रहरी वृत्त महाराजगन्जमा जाहेरी दिएकी थिइन् ।
करुणाको जाहेरीको आधारमा प्रहरीले घरबेटी भुसाललाई पक्राउ गरेको वृत्तका डिएसपी रोशन खड्काले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank