काठमाडौँ — निर्वाचन आयोगबाट राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत भएको छ। स्वीकृत निर्वाचन कार्यक्रम अनुसार पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित हुने र सोही दिन अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ।
यसैगरी पुस २३ गते उम्मेदवारको मनोनयन दर्ताको समय तोकिएको छ। मनोनयन दर्ताको समय बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म रहने निर्वाचन आयोगले जनाएको छ।
पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ। पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह उपलब्ध गराउने निर्वाचन आयोगले जनाएको छ।
Leave a Reply