घरमा आगलागी हुँदा तीन बालबालिकासहित चार जनाको मृत्यु

दलित अनलाईन ९ मंसिर २०८०, शनिबार ०७:५०

बर्दिया  — बर्दियाको गुलरियामा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ । राती सुतिरहेको समयमा आगलागी हुँदा तीन जना बालबालिकासहित चार जनाको मृत्यु भएको हो ।

गुलरिया नगरपालिका वडा नं ४ तुलापुरको एक घरमा राति करिब १० बजे आगलागी भएको थियो । सदरमुकाम नजिकै भएको आगलागीमा परि डेढ वर्षीय कार्तिक चन्द, ७ वर्षीय कृष चन्द, १० वर्षीया मानषी बुढा र ३२ वर्षीया राधा बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यसैगरी २८ वर्षीया करिस्मा चन्द आगलागीमा परि घाइते भएकी छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।

आगलागी हुनुको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी तुल्सिराम अर्यालले बताए । साँझ खाना खाई आगो तापेर सुतेको बेलामा आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरीएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank