झापाका ६२ वर्षीय बृद्धमा कोरोना पुष्टि, संक्रिमतिको संख्या ४९ पुग्यो

दलित अनलाईन १२ बैशाख २०७७, शुक्रबार २१:१५

काठमाडौं – कोरोना भाइरस संक्रिमतको संख्या ४९ पुगेको छ । जस मा १० जना निको भएर घर फर्किएका छन् । शुक्रबार झापाका ६२ वर्षीय बृद्धमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाब परीक्षणमा उनमा रिपोर्ट पोजेटिभ देखिएको हो ।

उनलाई अस्पतालको आइसोलेशनमा राखिएको छ । मन्त्रालयका अनुसार उनलेको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank