काठमाडौँ — कांग्रेस सभापति गगन थापाले राजीनामा दिएका छन् । उनले उपसभापति विश्वप्रकाश शर्मालाई बुधबार राजीनामा दिएका हुन् ।थापाले दिएको राजीनामा शुक्रबारको केन्द्रीय समितिले स्वीकृत गर्ने वा नगर्ने भन्ने विषयमा छलफल र निर्णय गर्नेछ।

थापाले दिएको राजीनामाका सम्बन्धमा आगामी केन्द्रीय समितिको बैठकमा छलफल हुनेछ । फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजय भोगेपछि पार्टीभित्रैबाट उनको राजीनामा माग भएको थियो । उनी सर्लाही–४ बाट पराजित भएलगत्तै उपसभापति शर्मालाई भेटेर राजीनामा दिने चर्चा चलेको थियो ।


























Leave a Reply