महोत्तरीमा बोक्सी आरोपमा दलित परिवार कुटिए

दलित अनलाईन १७ कार्तिक २०८०, शुक्रबार १२:३९

काठमाडौँ — महोत्तरी गौशाला नगरपालिका– ११, लक्ष्मीनियामा कथित बोक्सीको आरोपमा गैरदलितबाट आक्रमण गर्दा दलित महिलाको हात भाँचिएको छ भने छोराको टाउको फुटाइएको छ।

मंगलबार स्थानीय ६६ वर्षीया इतरियादेवी रामसहित परिवारका ६ सदस्यहरूमाथि गौशाला नगरपालिका– ११, लक्ष्मीनियाका चन्द्रशेखर यादव, सन्तोष यादव, विनोद पासमान र राम केवल भनिने केवल महतो नुनियाले कुटपिट गरेका हुन् ।

कुटपिटबाट इतरियादेवी, श्रीमान् रामचन्द्र राम, छोराहरू देवेन्द्र राम र सुरेन्द्र राम तथा बुहारीहरू सम्तोलियादेवी र सुन्दरदेवी घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।

उनका अनुसार कुटाइबाट इतरियादेवीको बायाँ हात भाँचिनुका साथै शरीरभर चोट लागेको छ, सुरेन्द्रको टाउको फुटेर ६ टाँका लगाउनुपरेको छ, सम्तोलियादेवीको कम्मरमा गम्भीर चोट लागेको छ भने देवेन्द्रको पनि शरीरभर चोट छ । इतरिया र सम्तोलियाको जनकपुरस्थित सहयोगी अस्पतालमा उपचार भइरहेको छ ।

देवेन्द्र र सुरेन्द्रको गौशालास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । त्यस्तै, कुटपिटबाट चोट लागेका रामचन्द्र र सुन्दरदेवी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि हाल डिस्चार्ज भइसकेका छन् ।

घटनाबारे घाइते सुरेन्द्रले भने, ‘म घरभित्र कोठामा थिएँ । बाहिर आमालाई कुटिरहेको र आमा कराएको सुनेपछि हतार–हतार निस्किएँ । आमा भएतिर जाँदै गर्दा मेरो टाउकोमा चिर्पटले हाने । आमा, बुबा, श्रीमती, भाइ र बुहारीले कुटाइ खाइरहँदा पनि जोगाउन सकिनँ ।’ उनले आमालगायत आफूहरूमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गरेका छन् ।

बोक्सी भनेर कुटपिट गरेको र मलमूत्र खुवाउने धम्कीसमेत दिएको प्रारम्भिक जानकारी पाएका छौँ । घटनाबारे सत्यतथ्य पत्ता लगाउँदै छौँ । दोषीमाथि कारबाही हुन्छ ।

प्रहरीले आक्रमणकारीमध्ये सन्तोष यादव र विनोद पासमानलाई बुधबार पक्राउ गरेको छ । पीडित पक्षको जाहेरीलगत्तै उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूविरुद्ध बोक्सी आरोपमा गरेको कुटपिट कसुरमा मुद्दा दर्ता भई अदालतबाट समेत म्याद लिएर अनुसन्धान भइरहेको प्रवक्ता गिरीले बताए ।

‘बोक्सी भनेर कुटपिट गरेको र मलमूत्र खुवाउने धम्कीसमेत दिएको प्रारम्भिक जानकारी पाएका छौँ,’ उनले भने, ‘दुईजना पक्राउ परिसकेका छन्, घटनाको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कारबाही हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank