मुम्बईमा रेलको ठक्करबाट घाइते भएकी कालु परियारको मृत्यु

दलित अनलाईन ७ भाद्र २०७८, सोमबार ११:२२

काठमाडौं  — भारतको मुम्बईमा रेलको ठक्करबाट गम्भीर घाइते भएकी २२ वर्षीया नेपाली युवती कालु परियारको उपचारका क्रममा निधन भएको छ ।

गत जुलाई २२ मा परियालाई सानपाडा रेलवे स्टेसनमा रेलले ठक्कर दिएको थियो । रेल पर्खदै गर्दा उनको मोवाइल रेलवे ट्रयाकमा खसेको र मोवाइल टिप्ने क्रममा रेलवे ठक्कर दिएको भारतीय पत्रिका दि इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ ।

उनलाई उपचारको लागि सिओन अस्पतालमा भर्ना गरिएको थियो । प्रहरीले भारतमा रहेको नेपाली समुदायलाई सम्पर्क गरी उनको नेपालको ठेगाना पत्ता लगाई उनको शव हस्तान्तरण गरेको थियो । ती युवती कामको लागि मुम्बई पुगेकी थिइन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank