दलित महिला संघले सरकारसँग स्याङ्जा घटनाका दोषीलाई तत्काल कारवाही गर्ने माग

दलित अनलाईन २५ चैत्र २०७६, मंगलवार २२:१७

काठमाडौं– स्याङ्जा चापाकोट नगरपालिका नगर प्रमुख शिवकुमार गिरी उपस्थिति भएको राहत वितरण कार्यक्रममा कुटिएका सुमन विक घटनाको दोषीलाई तत्काल कारवाही गर्नुपर्ने सरकारसँग दलित महिला संघ फेडोले माग गरेको छ ।

दलित महिला संघ फेडोले मंगलबार प्रेस विज्ञप्ती जारी गदै स्याङ्जा चापाकोट नगरपालिका बार्ड नं. ६ मोहमी गाँउका सुमन विकमाथि कुटपिट गर्ने दोषीहरुलाई तत्काल कारवाहीको गर्नुपर्ने सरकारसँग माग गरेका हुन् ।

लकडाउनले सीमान्तकृत वर्ग तथा समुदायका परिवारको अवस्था दिनप्रतिदिन अप्ठ्यारो बन्दै गइरहेको छ । समाजमा रहेका अतिविपन्न गरीव दलित समुदाय, दैनिक ज्याला मजदुरी गर्ने तथा अपाङ्गता भएका व्यक्तिहरुको दैनिकी कष्टकर बन्दै गएको अवस्था छ । दलित तथा दलित महिला र बालवालिका जो सदियौंदेखि आर्थिक अभाव र जातीय तथा लैगिंक विभेदमा बाच्न बाध्य छन ती वर्ग समुदायको दैनिकी र स्वास्थ्य उपचार तथा सरसफाईको अवस्था नाजुक भएको वास्तविताप्रति ध्यानाकर्षण गराउदछौं भनेर विज्ञप्तीमा भनिएको छ ।
दलित महिला संघ (फेडो)की महसचिव रेनु सिजापतिद्धारा जारी गरिएका विज्ञप्तीमा सात बुँदै माग समेत राखिएको छ ।

विज्ञप्तीमा पूर्णपाठ

प्रेश विज्ञप्ती
मितिः २५ चैत्र २०७६

सन् २०१९ को डिसेम्बरदेखि चीनको वुहानमा देखिएको कोरोना भाइरस (कोभिड–१९) ले विश्वव्यापी महामारीको रुप लिइरहेको छ । २०० भन्दाबढी देशहरु प्रभावित भएका छन् । हालसम्म मृत्यू हुनेको संख्या बिश्वमा ७४ हजार ८ सय ८३ पुगिसकेको छ । १३ लाख ६७ हजार ६ सय संक्रमित छन् । नेपालमा ९ जना संक्रमितको पहिचान भएको छ । संक्रमितहरुको सम्पर्कमा रहेकाको खोजी गरी क्वारिन्टीनमा राख्ने र चेकजाच गर्ने काम भइरहेको छ । कोरोना भाइरसको विपत र संकटको सामना गर्न र रोकथामको लागि दलित महिला संघ ९ँभ्म्इ० एक्यबद्धता जाहेर गर्दछ ।
भाइरस नियन्त्रणका लागि सरकारले २०७६ चैत्र ११ गतेदेखि बैशाख ३ गतेसम्म देशब्यापी लकडाउन गरेको छ । लकडाउन कार्यान्वयनका लागि गरेको अपिल र प्रयासहरुलाई आत्मसाथ गरी आफू, परिवार, समुदाय, राष्ट्र र विश्वमानव जातिको अस्तित्वको रक्षा र संरक्षणमा जिम्मेवार हुन सरकारी, गैरसरकारी क्षेत्रलगायत सम्पूर्ण दाजुभाई, दिदीवहिनीलाई बिनम्र अनुरोध गर्दछौं ।
लकडाउनले सीमान्तकृत वर्ग तथा समुदायका परिवारको अवस्था दिनप्रतिदिन अप्ठ्यारो बन्दै गइरहेको छ । समाजमा रहेका अतिविपन्न गरीव दलित समुदाय, दैनिक ज्याला मजदुरी गर्ने तथा अपाङ्गता भएका व्यक्तिहरुको दैनिकी कष्टकर बन्दै गएको अवस्था छ । दलित तथा दलित महिला र बालवालिका जो सदियौंदेखि आर्थिक अभाव र जातीय तथा लैगिंक विभेदमा बाच्न बाध्य छन ती वर्ग समुदायको दैनिकी र स्वास्थ्य उपचार तथा सरसफाईको अवस्था नाजुक भएको वास्तविताप्रति ध्यानाकर्षण गराउदछौं ।
पछाडि पारिएका वर्ग समुदायको आधारभूत आवश्यकताको सहज परिपूर्ति गराउनु राज्यको दायित्व हो । लकडाउनमा राज्यले वितरण गर्दै आएको राहतहरु सामाजिक न्यायका हिसावले वितरण गरिनु पर्दछ । उत्पीडन र विभेदमा पारिएका दलित लगायतका वर्ग समुदायमाथि राहत वितरणमा विभेद गरिएको घटनाहरुप्रति हाम्रो गम्भीर ध्यानकर्षण भएको छ । राहत वितरणमा विभेद हुनुका साथै दलितमाथि कुटपिटका घटनाहरु सुरु भएका छन् । स्याङ्जा चापाकोट नगरपालिकाका मेयरले राहत लिन गएका सुमन विकलाई कुटपीट गरेका छन् । घटनाका दोषीलाई तत्काल कारवाहीको माग गर्दछौं । साथै, यस्ता घटना रोकथामको लागि सरकारले तत्काल निर्देशक गरोस् । राहत वितरणमा सामाजिक न्यायको अवधारणा अवलम्बन गरी समानुपातिक हिसावले विना भेदभाव राहत वितरण गरियोस् ।
कोरोना भाइरस नियन्त्रणका लागि दलित महिला संघ फेडो हातेमालो गर्न तत्पर रहेको ब्यहोरा अवगत गराउदै निम्न विषयहरुमा संघ, प्रदेश र स्थानीय सरकारले आ–आफ्नो जिम्मेवारी बहन गर्न गराँउनु हुन र सम्पुर्ण नागरिकहरुले राज्यको निर्देशनलाई प्रभावकारी पालना गर्नुहुन हार्दिक अनुरोध गर्दछौं ।

अपिल तथा मागहरुः
कोरोना भाइरसको प्रकोप समाजमा रहेका विपन्न तथा गरीव, दलित, दलित महिलाहरुको सघन बसोवास भएको गाँउ, वस्ती र समाजमा धेरै पर्न सक्ने भएकाले कोरोना भाइरस रोकथामका लागि स्वास्थ्य जनचेतना, जाँच उपचार तथा अन्य अत्यावश्यक स्वास्थ सामाग्रीहरुको व्यावस्था गरियोस् ।
सरकारद्धारा सञ्चालित क्वारेन्टाइनमा रहेका ब्यक्तिहरुका लागि आधारभूत आवश्यकता र अध्ययन खेलमनोरन्जनका सामाग्रीहरुको ब्यवस्था मिलाउन र उक्त क्षेत्रलाई लैगिंक र जातीय विभेद मुक्त वातावरणको व्यावस्था गर ।
क्वारेन्टाइनमा रहेका विपन्न ब्यक्तिहरुका लागि बिपदको बेलामा उपलब्ध गराइने मनोसामाजिक प्राथमिक स्वास्थ्य उपचारको ब्यवस्था विभेदरहित तरिकाबाट मिलाउ ।
संक्रमणपश्चात उपचारमा रहेका ब्यक्तिहरुलाई बिरामी अवस्थामा चाहिने आधारभूत आवश्यकताहरुको परिपूर्तिको सम्मानजनक रुपमा ब्यवस्था गर ।
आफ्नो टोल वडामा रहेका अति नै गरीव दलित तथा दलित महिला, असक्त, बिपन्न परिवार, अपाङ्गता भएका ब्यक्तिहरुको खोजी गरेर यस्ता संकटासन्न ब्यक्ति तथा परिवारहरुलाई जीवन रक्षाका लागि यथाशिघ्र राहतको ब्यवस्था गर्न र यस्तो बेलामा जातीय विभेद, लैगिंक हिंसा, दुव्र्यवहार र बलात्कारका घटनाहरु बढी हुने संभावना रहेकाले त्यसतर्फ शुक्ष्म निगरानी बढाउ ।
दलित, दलित महिला, बालवालिका, अपाङगता भएका ब्यक्तिहरु, जेष्ठ नागरिक, दीर्घरोगी, गर्भवती, सुत्केरी तथा अन्य अप्ठ्यारोमा परेका ब्यक्तिहरुको आधारभूत उपचार तथा दैनिक आपुर्तिका बस्तुहरु जस्तै ग्यास, खाद्यन्न, सानिटाइजर, माक्स तथा आवश्यक औषधीहरुको सहजआपुर्ति र निःशुल्क राहतका लागि प्रभावकारी ब्यवस्थापन र अनुगमन गर् ।
लकडाउनका वेला राज्यले वितरण गरेका राहतहरु सामाजिक न्यायका आधारमा वितरण गरियोस् । राहत वितरणमा समानुपातिक अवधारण अबलंवन गरी विना भेदभाव सबैको पहुचमा पुर्याइयोस् ।

रेनु सिजापति
महसचिव
दलितमहिला संघ (FEDO)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank