काठमाडौं — अमेरिकाको क्लोराडोमा वसोवासी साहित्यकार तथा दलित अभियन्ता डायस्पोराको तर्फवाट नेपाली साहित्यको श्रीवृद्धिमा एउटा अत्यन्त क्रियाशील नाम हो, पदम विश्वकर्मा ।
साहित्यको तीनै विधाहरु कविता, कथा तथा उपन्यासमा कलम चलाउंदै आएका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष एवं बोर्ड परिषदका उपाध्यक्ष साहित्यकार पदम विश्वकर्माले नेपालको दलित आन्दोलन त्यसमा पनि दलित साहित्यको प्रवद्र्धन र विकासमा ठोस योगदान पुर्याउने उद्देश्यले आफ्नै पहल र लगानीमा आफ्नै नाउँको साहित्य प्रतिष्ठान स्थापना र संचालन गरेका छन् ।
उनकै प्रतिष्ठानको तर्फवाट दलितका युवा साहित्यकार तथा कविहरुलाई प्रोत्साहित गर्नको लागि देशव्यापी कविता प्रतियोगिताको आयोजना गरे र नगद पुरस्कार समेत वितरण गरे । त्यति मात्र नभईकन साहित्यको मार्फत नेपालको दलित आन्दोलनमा योगदान पुर्याउने उद्देश्यले इलामका पुराना दलित साहित्यकार रविमान लम्जेललाई रु ५० हजारको नगद पुरस्कार सहित सम्मानित गरे । दलित साहित्यको क्षेत्रमा योगदान पुर्याउने यति ठूलो धनराशी भएको पुरस्कार नेपालमै पहिलो हो ।
नेपाल सरकारको पर्यटन मन्त्रालयले भगत सर्वजीत मानव मर्यादा पुरस्कार रु १ लाख नगद सहित प्रदान गरिन्छ तर त्यो साहित्यको लागि नभई आन्दोलनको क्षेत्रमा योगदान पुर्याउनेहरुका लागि हो । यो अर्थमा साहित्यकार पदम विश्वकर्माले एउटा अतुलनीय काम गरेको देखिन्छ ।विश्वकर्माले नेपाली साहित्य तथा दलितका लागि साहित्य र दलित आन्दोलनमा पुर्याएको योगदानको कदर गर्नको लागि पिडिआरसि तथा वुद्ध अम्वेडकर मिसनको संयुक्त आयोजनामा एउटा विशेष कार्यक्रमको आयोजना गरी पदम विश्वकर्मालाई सम्मनित गरेको हो ।
दलित आन्दोलनका केही अग्रज तथा युवाहरुको उपस्थिति रहेको थियो । नेपालको दलित साहित्यमा डायस्पोरा भन्ने विषयक कार्यक्रममा दलितका वुद्धिजीवि तथा अभियन्ताहरु डिवी नेपाली, हिरा विश्वकर्मा, युवा अभियन्ता अम्वर हजारीया, डा। मित्र परियार, चन्दे्रश्वर दास र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष एवं बोर्ड परिषदका उपाध्यक्ष साहित्यकार पदम विश्वकर्माले सम्बोधन गरेका थिए । पदम विश्वकर्माले सम्वोधन गरेका थिए ।
कार्यक्रमलाई सम्वोधन गर्दै हिरा विश्वकर्माले करीव एक दशक अघि वर्दीयाको राष्ट्रिय निकुन्जमा काउलो भन्ने जडिवुटी खोज्न गएका तीनजना दलित महिला मारिएको घटनामा खास गरि अमेरिकामा रहेका नेपाली दलितहरुले पीडित परिवारलाई राहत पुर्याएको प्रसंग उल्लेख गर्नुका साथै हालै रुकुममा सोतीमा नवराज विक लगायत उनका पांच जना साथी मारिएको घटनामा पनि योगदान पुर्याएको स्मरण गराएका थिए ।
डा। मित्र परियारले आफु अस्ट्रेलिया र युरोपको वसाईलाई छोडेर नेपालमै दलित आन्दोलनमा योगदान पुर्याउन आएको वताउनुका साथै दलितहरुमा अहिले पनि पर्याप्त चेतना नभएकाले आन्दोलन सोचे जस्तो अगाडि वढ्न नसकेको वताए ।
मधेशी दलित युवा जो अहिले अमेरिकामा एउटा सूचना तथा संचार कम्पनिमा म्यानेजरको काम गरि रहेका छन्, अमेरिकामा आएर आफ्नो भविष्य खोज्न चाहने युवाहरुलाई आफुले सकेको सहयोग गर्ने वताए ।
चन्द्रेश्वर दासले अम्बेडकरको जीवनका प्रसंगलाई उल्लेख गर्दै अंग्रेज सरकारलाई अनुरोध गर्दै खास गरि आफु जस्तै अरु दलितका विद्धान तयार गर्ने उद्देश्यले २१ जनालाई वेलायतमा उच्च अध्ययन गर्न पठाए तर त्यस मध्ये २ जना मात्रै भारत फर्किए वाँकी १९ जना उतै वसेको प्रसंग उल्लेख गर्दै विदेशमा उच्च शिक्षा हासिल गरेर नेपालको दलित आन्दोलनमा योगदान पुर्याउन फर्केका युवाहरुको प्रसंसा गरे ।
सम्मानित व्यक्तित्व पदम विश्वकर्माले आफु नेपालमै दश वर्षसम्म नेपाल रेडक्रसको जागिरे जीवनपछि अमेरिका लागेको र त्यहाँ वसेर अथाह सम्पत्ती कमाएर नभई ८ घण्टाको सट्टा १० घण्टा र हप्ताको ५ दिनको सट्टा ६ दिन काम गरेर बचेको पैसाले आफुले प्रतिष्ठान स्थापना गरेर नेपालको दलित आन्दोलनलाई थप टेवा दिन लागेको वताएका थिए ।
नेपाली दलितको इतिहास, उनीहरुको योगदान, भााषा, संस्कृति तथा सम्पदाको अन्वेशक डिवि नेपालीले स्वागत मन्तव्यको क्रममा दलितभित्रका सवै जातहरुको विशिष्ट संस्कृति तथा सम्पदाको वारेमा उल्लेख गरेका थिए । सम्पदालाई वाहुनहरुले वास्तै नगरेको वा ओझेलमा पारेको हुँदा त्यसको अन्वेषण तथा दस्तावेजीकरणमा लाग्नु पर्ने कुरा वताए ।
पिडिआरसीकी अध्यक्ष कमला हेमचुरीले पदम विश्वकर्माको योगदानको प्रसंसा गर्दै आफु पनि पिडिआरसिले गरेको असल कामलाई निरन्तरता दिनको लागि आफुँ लागि परेको बताउँदै एक करोडको अक्षय कोष स्थापना गर्न चाहेको र त्यसमा सहयोग गर्न सवैलाई अपिल गरिन ।
Leave a Reply