दलित संघको अध्यक्षमा लोकबहादुर विश्वकर्मा नियुक्त

दलित अनलाईन १४ आश्विन २०८०, आईतवार १०:१९

काठमाडौँ — नेपाली कांग्रेसको भातृ संगठन नेपाल दलित संघको अध्यक्षमा सुर्खेतका लोकबहादुर विश्वकर्मा नियुक्त भएका छन् ।

यसअघिको कार्य समितिका म्याद सकिएर स्वतः विघटन भएकोले संघको अध्यक्षमा विश्वकर्मालाई नियुक्त गरिएको केन्द्रीय कार्यालयले जनाएको छ ।

२०७२ सालमा अधिवेशन गर्नुपर्ने दलित संघले हालसम्म अधिवेशन गर्न सकेको थिएन ।  गत साउनको केन्द्रीय समिति बैठकले पूर्वअध्यक्ष मीन विश्वकर्माको समितिलाई भंग गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank