सन् १९६० मार्च २१ मा दक्षिण अफ्रिकामा सिभिलियन पुलिसले जातजातिबीच छुवाछुत गरेकै कारण ६९ जनालाई जिउँदै जलायो । त्यहाँबाट त्यो शब्दलाई कसरी बोल्ने भन्ने बारेमा बहस सुरु भयो । अनुसन्धानकर्ता डोली डीएम.मोलिक्सले अध्ययन गरे । त्यही अध्ययनबाट डिस्क्रिमिनेसन शब्दको उत्पत्ति भयो । डिस्क्री भनेको कहीँकतैबाट तड्पिनु वा दण्डित हुनु, मिनेसन भनेको अर्काे व्यक्तिबाट चरम हेपिनु, तहगत रूपमा पछाडि पारिनु भन्ने बुझिन्छ । सन् १९७९ मा अफ्रिकी सरकारले साधारणसभाबाट मार्च २१ मा भएको बर्बतापूर्ण घटनालाई छुवाछुत दिवसका रूपमा मनाउने निर्णय गरेको हो ।
विश्वमा जातीय छुवाछुत धेरै हुने देशको सूचीमा भारत पर्छ । त्यहाँ झन्डै २० करोड ५० लाख मानिस छुवाछुतको भुमरीमा छन् । जो जातीय विभेदका कारण न घर, न सम्पति, न शिक्षाको अवस्थामा छन्। सडकमै बस्छन् । सडकमै हुर्किएर सडकमै मर्ने गर्छन् । त्यस्तै जापानजस्तो विकसित मुलुकमा पनि वरखु जातिका १२ लाख २० हजाार मानिस जातीय विभेद भोगिरहेका छन् । तर, अन्य देशको तुलनामा अलि फरक छ । छुवाछुतको त्यति ठूलो पीडा छैन । त्यसको मूल कारण उनीहरू शिक्षित छन् । आर्थिक रूपमा सबल छन् । अनि आपसमा संगठित छन् । प्रविधिमा निकै अगाडि छन् । तैपनि जातीय विभेदको भुमरीमा भने तड्पिएकै छन् ।
इटलीमा वेनेटो मुसेलेनी कामीका छोरा हुन्। यही छुवाछुत हुँदा र श्रमको फल नपाउँदा त्यहाँ विद्रोह गरे । राजनीतिमा लागे । फलस्वरूप सन् १९२२ मा इटलीको राष्ट्रपति बने । जो निम्न स्तरका छन्, उनीहरूलाई सहयोग गरे । सीपका आधारमा काम र माम दिए । अन्ततोगत्वा हिटलरसँग मिलेर पहिलो विश्व युद्धको नेतृत्व गरे ।
भारतमा जन्मिएका अम्बेडकर सार्की जातका थिए । उनले भारतको संविधान बनाए । जातीय विभेद गर्नु हुँदैन भन्ने बलियो प्रमाण पेस गरे । गान्धीका कुण्ठा र रिसले गर्दा उनीलाई स्थापित हुन दिएन । तर, छुवाछुत र समाज परिर्वतनका लागि उनको योगदान अहिले पनि विश्वभरि उत्तिकै स्मरण गरिन्छ ।
सन् १७६० तिर भारतको कुमाउ गडुवालमा पर्यटक भएर आएका जम्स फारडेले त्यहाँ फलामको काम गर्नेहरूको सीप देखेर प्रभावित भए । आफ्नो देशमा फर्केर फलामको काम गरे । र, आफूलाई फलामको काम गर्ने व्यक्तिका रूपमा चिनाए । त्यसपछि २२ सेप्टेम्बर १७९१ मा उनका छोरा मिचेल फ्रारडेको जन्म भयो । उनी हुर्किंदै गए । बुबासँग काम गर्दागर्दै फलाम र ढुंगाको बीचमा घर्षण भएपछि झिल्का निस्कियो । त्यसलाई के हो भनी अध्ययन÷अनुसन्धान गर्दै जाँदा आगोको ताप निस्कन सक्छ भन्ने अनुमान लगाए । अनि त्यसको आविष्कारका लागि रातदिन खटिए । केही समयपछि त्यसलाई विद्युतीय शक्तिमा परिवर्तन गर्नतिर लागे । त्यहीँबाट उनले इलेक्ट्रो मेकानिजमको आविष्कार गरे । उनको त्यो आविष्कार नै आजको विश्व विद्युतीय तरंगमा सञ्चालन भइरहको छ । त्यही आविष्कारले उनी वैज्ञानिक बने । आफ्नो नाम प्रसिद्ध बनाए । लुहाको काम गर्ने व्यक्तिहरूको भरोसाको केन्द्रबिन्दु बने ।
मेरी आमाले सिलाएको चोली तिमीले लगाउन मिल्ने । मेरो बुबाले बनाएको जुत्ता पहिरन मिल्ने । मेरो दाइले बनाएका भाँडाकुँडा तिम्रा भान्सामा चल्ने । हामीचाहिँ अछुत ! के छ यसमा ? अब सोचून्– राज्य सञ्चालकहरूले । देशका बुद्धिजीवीहरूले । जानून् यहाँका नागरिकले । मूलधारमा ल्याउन भूमिका खेलून् मानव अधिकारकर्मीले । पहिल्याउन् बाटो समाजसेवीहरूले । किन पानी नचल्ने ? देऊ जवाफ दलित समुदायलाई ।
नेपालको संविधानको धारा २४ मा छुवाछूत तथा भेदभावविरुद्धको हकमा भनिएको छ– ‘कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेसा, व्यवसाय वा शारीरिक अवस्थाका आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछूत वा भेदभाव गरिने छैन ।’ तर, यसको पालना कहीँ कतै पनि भएको पाइँदैन । त्यस्तै धारा ४० को उपधारा (४) मा दलितको हकमा दलित समुदायलाई आफ्नो परम्परागत पेसा, ज्ञान, सीप र प्रविधिको प्रयोग, संरक्षण र विकास गर्ने हक हुनेछ भनी उल्लेख गरिएको छ । संविधानमा व्यवस्था भए पनि कार्यान्वयनमा कुनै पनि प्रकारको प्रगति भने हुन सकेको छैन ।
इतिहासमा भएका छुवाछुत र विभेदभित्रको कथा सुल्झिन निकै समय लाग्ने देखिन्छ । मलाई समाजले दलित भन्छ । म त्यसको महसुस गर्छु पनि । किनकि मान्छेहरू ढुंगोलाई भगवान् र मान्छेलाई अछुत ठान्छन् । म तपाईंदेखि अछुत भए पनि हाम्रो कर्म तपाईंका लागि पक्कै छुत भइरहेको छ । समाजले गरिरहेको थिचोमिचोविरुद्ध तमाम दलित संर्घष गरिरहेका छन् । तिनीहरू तपाईंलाई गोरेटो देखाउने बटुवा हुन् । हाम्रो साहसले भावी सन्ततिहरूलाई सहज वातावरण बनाइदिने छ । मेरो समाजले गरेको अन्यायको सिको आउने पिँढीले नगरोस् । म यत्ति मात्र भन्न चाहन्छु । अनि मार्च २१ लाई आत्मसात् गरांै, समाज रूपान्तरणमा सयौं फूलका हामी एकै मालाजस्तै भएर एक बनौं ।
बाइसे चौबिसे राज्य हुँदा दलित समुदायका मानिसले राज्यका निम्ति बुद्धि, श्रम र सीप दिए । रातो रगत कालो मन, कहिले होला नेपाली समाजको एक तन एक मन ? राज्यले छुवाछुत अन्त्यको घोषणा गरेको ५० वर्ष बितिसकेको छ । तर, हामी जहाँको त्यहीँ छौं । दलितले खुलेर अध्ययन गर्न पाएको ६१ वर्ष मात्रै भएछ ।
नेपालमा दलितको जनसंख्या ५८ लाख ६० हजार ३ सय ४० छ । कूल जनसंख्याको १५ प्रतिशत हुन आउँछ । सीप हुँदाहुँदै पनि यो समुदाय जहाँको तहीँ छन् । माग्नेले महल बनाइसके । मुख बजाउने राज्यको नायक छन् । यसले कसरी होला, मार्च २१ को मर्म बुझ्ने दिनको अर्थ । यो कतै रात उज्यालोजस्तो, कतै दिन अँध्यारोजस्तो ! भन्न नसकिने । गर्न नसकिने । अधिकार कानुनमा छ, लागू हुँदैन । लागू गर्नेले बुझ्दैनन् । बुझ्नेहरू बोल्दैनन् । बोले पनि सुन्दैनन् ।
जनयुद्धमा पहिलो सहिद दलित समुदायका दिल बहादुर रम्तेल भए । परिवर्तनका लागि भनेर जसले युद्धमा ज्यान गुमाए । जीवन उत्सर्ग गरे । आज तिनैका बालबच्चा टुहुरा छन् । श्रीमती विधुवा बनेका छन् । वृद्ध आमाबुवा सन्तान गुमाएको पीडाले छटपटाइरहेका छन् । अहिलेसम्म न न्याय पाएका छन्, न कुनै उपाय निस्किएको छ ।
समाज परिवर्तनका लागि लडेको रुकुमको त्यो स्थान जहाँ उपल्लो जातकी केटीसँग प्रेम गरेकै कारण नवराज विकसहित ६ जनाको बीभत्स हत्या गरियो । हालसम्म न्याय पाउने कुनै छाँटकाँट देखिँदैन । त्यसैले मार्च २१ ले न्याय देला ? यसमा उल्लेख नियम लागू होलान् भन्ने प्रश्न टड्कारो बनेको छ । दलित समुदायका सीप घरदेखि मन्दिरसम्म, जन्मदेखि मृत्युसम्म, पाउदेखि शिरसम्म, नानादेखि खानासम्म चल्छ । मन्दिर, मूर्ति बनाउने हामी । पूजाको थाली बनाउने हामी । नृत्य गर्दा ताल, सुर निकाल्ने हामी । मेरी आमाले सिलाएको चोली तिमीले लगाउन मिल्ने । मेरो बुबाले बनाएको जुत्ता पहिरन मिल्ने । मेरो दाइले बनाएका भाँडाकुँडा तिम्रा भान्सामा चल्ने । हामीचाहिँ अछुत ! के छ यसमा ?
अब सोचून्– राज्य सञ्चालकहरूले । देशका बुद्धिजीवीहरूले । जानून् यहाँका नागरिकले । मूलधारमा ल्याउन भूमिका खेलून् मानव अधिकारकर्मीले । पहिल्याउन् बाटो समाजसेवीहरूले । किन पानी नचल्ने ? देऊ जवाफ दलित समुदायलाई ।
(मार्च २१ को सन्दर्भमा राष्ट्रिय दलित आयोगको सहकार्यमा आरएम मिडिया हाउसले प्रकाशित गरेको प्रतिरोधको शतक विशेषांक दलित अनलाईनमा पढ्न सकिन्छ ।)
Leave a Reply