
काठमाडौं— नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि पार्टी कार्यालय ललितपुरको च्यासलमा राखिएको छ।
एमाले पार्टी कार्यालयमा पुगेर नेम्वाङप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले श्रद्धाञ्जली दिएका छन्।
1694507094.jpg)
यस्तै, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पूर्वप्रधानमहरू झलनाथ खनाल, बाबुराम भट्टराइ, उपसभामुख इन्दिरा रानामगर, , एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल र अष्टलक्षी शाक्य, सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, उपमहासचिव प्रदीप ज्ञवालीलगायतले श्रद्धाञ्जलि अर्पण गरेका छन्।
नेम्वाङको पार्थिव शरीरमा एमाले अध्यक्ष ओलीले पार्टीको झण्डा ओढाएका थिए।
घरको शौचालयमा राति १ बजेतिर बेहोस अवस्थामा भेटिएका नेम्वाङलाई १ः५० बजे त्रिवि शिक्षण अस्पताल पुर्याइएको थियो। चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। मन्त्रिपरिषद्को बैठकले नेम्वाङलाई राजकीय सम्मान दिने र अन्त्येष्टीका दि सार्वजनिक विदा निर्णय गरेको छ।





1694507170.jpg)
1694507188.jpg)
1694507075.jpg)
1694507192.jpg)

1694507209.jpg)

1694507555.jpg)
1694507543.jpg)

1694507583.jpg)
1694507566.jpg)
Leave a Reply