संसद विघटन गर्ने शक्तिले संविधान संशोधन हुन दिएनन् : प्रचण्ड

दलित अनलाईन ८ भाद्र २०८०, शुक्रबार १८:५९

काठमाडौँ — प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद विघटन गर्ने शक्तिले संविधान संशोधन गर्न नदिएको बताएका छन् ।

शुक्रबार पर्साको वीरगञ्जमा आयोजित प्रदेशस्तरीय समाजवादी मोर्चा घोषणा कार्यक्रममा दोस्रोपटक प्रधानमन्त्री बनेको बेला संविधान संशोधन प्रस्ताव रोकेको आरोप लगाएका हुन् ।

‘तपाईँहरूलाई थाहै छ । म सिराहबाट दोस्रोपटक निर्वाचित भएपछि दोस्रो पटक प्रधानमन्त्री बन्ने अवसर पाएँ’, उनले भने, ‘मधेशको माग सम्बोधन गर्न संविधान संशोधन प्रस्ताव ल्याएको थिएँ । तर पटक पटक संविधान च्यात्न खोज्ने र संसद विघटन गर्ने शक्तिले संशोधन हुन दिएनन् ।’

जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलन गरेका शक्तिहरू सरकार र मोर्चामा रहेकाले देशको आमुल परिवर्तन सम्भव रहेको उनले जिकिर गरे ।

उनले जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलनबाट भएको परिवर्तनलाई विकृत बनाउने, बदनाम गराउने कुचेष्टाका साथ ती शक्तिहरू लागेकाले प्राप्त उपलब्धिको रक्षाका लागि सरकार, सदन र सडक तीनवटै मोर्चा प्रभावकारी बनाउन समाजवादी मोर्चा घोषणा गरेको उनले जिकिर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank