विभेदविरुद्ध मण्डलामा हस्ताक्षर संकलन, प्रधानमन्त्रीलाई बुझाइने

दलित अनलाईन १० असार २०७८, बिहीबार २२:३०

काठमाडौं—  विहीवार दिउसो माइतिघर मण्डलामा राज्यद्वारा संरक्षित विभेद विरूद्ध दलित अधिकारकर्मी, नागरिक आन्दोलन, पत्रकार, राजनीतिक भातृृहरुले संयुक्त रुपमा प्रदर्शन तथा हस्ताक्षर कार्यक्रम गरेका छन् ।

प्रदर्शनीमा रुपा सुनारमाथि विभेद गर्ने घरवेटी सरस्वति प्रधानलाई मन्त्रालयकै गाडिमा राखेर प्रहरीबाट छुटाउने शिक्षामन्त्री कष्णगोपाल श्रेष्ठको राजीनामा, दोषीलाई कारवाही, जातव्यवस्थाको जाडदार माग गर्दै गरिएको थियो ।

प्रदर्शनीमा तीन सय जनाभन्दा बढीको हस्ताक्षरण संकलन भएको क्रियाशिल दलित पत्रकार संघका महासचिव विश्वास खड्काथोकीले बताए । उक्त हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाउने उनले बताए ।

प्रदशनिमा बोल्दै नागरिक आन्दोलनका संगीत श्रोता, मुक्ति समाजका अध्यक्ष गणेश विके, नेपाल दलित संघका सचिव दिपक सोनी, कोठा भाडामा विभेदमा परेकी करूणा विश्वकमाले शिक्षा मन्त्री नै आरोपितलाई उद्दार गर्न जानू गम्भीर अपराध भएको बताए । उनीहरूले विभेदको समस्या खास जातिको मात्रै समस्या नभएर सम्पूर्ण मानव मुक्तिको प्रश्न भएकाले यसका निम्ति सबैले आवाज उठाउनुपर्नेमा जोड दिए । उनीहरुले भने, ‘विभेदविरुद्ध थप आन्दोलन चर्काउन जरुरी छ । क्रुर सामाजिक कुसंस्कारविरुद्ध जहाँ छौँ त्यहीबाट बोल्न जरुरी छ ।’ प्रदर्शनीमा कवि बलराम तिमल्सिनाले दलित सौन्दर्यशास्त्रका प्रशिद्ध भरतीय साहित्यकार ओमप्रकश बाल्मिकीको अनुदित कविता ‘त्यसपछि तिमी के गर्छौ ?’ बाचन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank