फलाेअफ : दलित युवतीको सामुहिक बलात्कार गर्ने निर्णयको विरोध गर्दा कुटिएका थिए, सांसद रामपृत पासवान ( प्रेस विज्ञप्ति सहित)

दलित अनलाईन १ मंसिर २०७५, शनिबार १६:५३

दलित अनलाईन डेक्स

मलंगवा– मलंगवा– संघिय समाजबादी फोरम नेपालका राष्ट्रियसभा सदस्य रामपृत पासवान दलित युवतीमाथि सार्वजिक रुपमा सामुहिक बलात्कार गर्ने पञ्चायतको निर्णय विरोध गर्दा कुटिएका छन् ।
गैर दलित युवती स्थानीय दलित युवासँग भागेको आशंकामा बसेको पञ्चायतले केटापक्षले २ दिनभित्र केटीलाई र केटालाई उपस्थिति नगरे केटाकी अविवाहित बाहिनीलाई सार्वनिक रुपमा सामुहिक बलात्कार गर्ने अडानको विरोध गर्दा कुटिएका छन् । सांसद पासवानलाई स्थानीय हात हतियार प्रयोग गरी पञ्चमा बसेका केटापक्षका व्यक्तिहरुले जातीय आधारमा गाली गदै ज्यान लिने गरी आक्रमण गरेका थिए । पासवानलाई स्थानीय व्यक्तिहरुले जोगाएका थिए ।

कविलासी नगरपालिका–६ मदनपुरका रामप्रसाद रायको ११ कक्षामा अध्ययनरत छोरी पुनित कुमारी राय कात्तिक २८ गते घरबाट भागिन् । उनी अहिलेसम्म सम्र्पकमा छैनन् । रायहरुले सोही गाउँका बेचन रामको छोरा सन्तोष राममाथि आफनो छोरीलाई भगाएको आरोप लगाउन थाले ।
शुक्रबार दिउसो उक्त घटनाबारे गाउँमा पञ्चायती बसेको थियो । कामले मलगवा जादैँ गरेका सांसद पासवानलाई दलित समुदायले एकछिन पञ्चायतीमा बसिदिन आग्रह गरेपछि पञ्चायतीमा बसेका थिए, सांसद पासवान । पञ्चायतीमा छलफल भएपछि ५ जना भलादमीहरुलाई निर्णय गर्ने जिम्मा दिइएको थियो । केटी भगाएको कुनै ठोस प्रमाण नभएको,केटा पक्षले पनि घटनामा संलगनता नरहेको बयान दिएको अधारमा केटामाथि दबाव सिर्जना गर्ने उद्देश्यले यदि केटी भगाइएको रहेछ वा कहाँ छ भनेर थाह भए केटा पक्ष(राम)ले २ दिन भित्र उपस्थित गर्नुपर्ने निर्णय पञ्चहरुले सुनाएका थिए । तर केटी पक्षका फेकन रायले उक्त निर्णय आपूmलाई मान्य नभएको भन्दै २ दिनभित्र राम परिवारले भागेकी केटी उपस्थित नगराएको खण्डमा सन्तोष रामको अविवाहित बाहिनीलाई सार्वजनिक रुपमा बलात्कार गर्नु पर्ने निर्णय गर्नु पर्ने माँग गरेका थिए । पञ्चायतीमा यस्तो अभद्र कुरा गरेपछि सांसद पासवानले त्यस्तो गलत कुरा किन गर्नुहुन्छ भन्दै प्रश्न गरेपछि केटी पक्षका फेकन रायले पासवानमाति एक्कासी आक्रमण गरेका थिए ।
केटी पक्षका वीरेन्द्र राय, रामप्रसाद राय, फेकन राय, दयाराम राय, मनोज राय, दिनेश राय र सुरेश राय लगायत ७ जनाले जातिय रुपमा गाली गलोज गर्नुका साथै पासवानलाई कुटपिट गरेको थिए । केटी पक्षका व्यक्तिहरु धारिलो घरेलु हतियार सहित दलित नेता भएको भन्दै सांसदमा जातिय ताका अधारमा गालीगलोज गर्र्दै हत्या प्रयास गरेको सांसद पासवानको भनाई छ । सांसद पासवानलाई गाउँका केही दलितहरुले जोगाएका थिए ।
केटी भागाउने घटनामा रामको कुनै संलग्नता छैन । कुनै अधार वा सवुत प्रमाण छैन । केही समय अघिसम्म राम र राय एउटै स्कूलमा पढ्ने र साथी भएकै आधारमा राय परिवारले केटी भगाउन रामको हात हुन सक्ने आशंका गर्दै आएका छन् । आशंकाकै आधारमा दलितको छोरीलाई सार्वजनिक रुपमा बलात्कार गर्ने धम्की दिने,त्यस्तो कुरा नगर्न आग्रह गर्दा प्रतिनिधिसभा सांसद पासवानमाथि जातिय अधारमा गाली गलोज र ज्यान मार्ने उद्देश्यले सांघतिक हमला गर्दा समेत प्रशासनले पीडकमाथि कारबाही गर्ने सकेको छैन ।

सांसद रामपृत पासवान कुटिएको घटना सार्वजनिक भएपछि दलित सरोकार मन्च नेपाल सप्तरीले निकालेको विज्ञप्ति पूर्ण पाठ

 

                                                                                      
                                                                                     प्रेस विज्ञप्ति

राज्यले पटक पटक छुवाछूत अन्त्य घोषणा गरेको अवस्था,छुवाछूत गर्नेलाई दण्ड सजाय बढाएको अवस्था र देशका विभिन्न ठाउँहरुमा जातीय विभेद उन्मुलन राष्ट्रिय दिवस मनाइरहेको बेला सर्लाही जिल्ला कविलासी नगरपालिका–६ मदनपुरमा गैर दलितका छोरी दलितले भगाएको आशंकाबारे भएको पञ्चायतीमा राष्ट्रिय सभा सदस्य रामप्रित पासवानमाथि भएको जातिय विभेद एवं साघातिक आक्रमणले दलित समुदाय लाई मात्र नभएर समग्र नेपालीलाई स्तब्ध बनाएको छ ।
घटना विवरण ःकविलासी नगरपालिका–६ मदनपुरका रामप्रसाद रायको कक्षा ११ मा अध्ययनरत छोरी पुनित कुमारी राय गत कात्तिक २८ गते दिन घरबाट भागेर गइन । रायहरुले सोही गाउँका बेचन रामको छोरा सन्तोष राममाथि आफनो छोरीलाई भगाएको आरोप लगाउन थाल्यो ।
शुक्रबार दिउसो उक्त घटनाबारे गाउँमा पञ्चायती बसेको थियो । कामले मलगवा जादैँ गरेका सांसद पासवानलाई दलित समुदायले एकछिन पञ्चायतीमा बसिदिन आग्रह गरेपछि उहाँ पञ्चायतीमा बसेको थियो । पञ्चायतीमा छलफलभएपछि ५ जना भलादमीहरुलाई निर्णय गर्ने जिम्मा दिइएको थियो । केटी भगाएको कुनै ठोस प्रमाण नभएको,केटा पक्षले पनि घटनामा संलगनता नरहेको बयान दिएको अधारमा केटामाथि दबाव सिर्जना गर्ने उद्देश्यले यदि केटी भगाइएको रहेछ वा कहाँ छ भनेर थाह भए केटा पक्ष(राम)ले २ दिन भित्र उपस्थित गर्नुपर्ने निर्णय पञ्चहरुले सुनाएका थिए । तर केटी पक्षका फेकन रायले उक्त निर्णय आपूmलाई मान्य नभएको भन्दै २ दिनभित्र राम परिवारले भागेकी केटी उपस्थित नगराएको खण्डमा सन्तोष रामको अविवाहित वहिनीलाई सार्वजनिक रुपमा बलात्कार गर्नु पर्ने निर्णय गर्नु पर्ने माँग गरेको थियो । पञ्चायतीमा यस्तो अभद्र कुरा गरेपछि सांसद पासवानले त्यस्तो गलत कुरा किन गर्नुहुन्छ भन्दै प्रश्न गरेपछि केटी पक्षकाले एक्कासी आक्रमण गरेको थियो ।
केटी पक्षका वीरेन्द्र राय, रामप्रसाद राय, फेकन राय, दयाराम राय, मनोज राय, दिनेश राय र सुरेश राय लगायत ७ जनाले जातिय रुपमा गाली ग्लोज गर्नुका साथै एक्कासी कुटपिट गरेको थियो । केटी पक्षका व्यक्तिहरु धारिलो घरेलु हथियार सहित दलित नेता भएको भन्दै सांसदमा जातिय ताका अधारमा गालीग्लोज गर्र्दै हत्या प्रयास गरेको सांसद पासवानको भनाई छ । सांसद पासवानलाई गाउँका केही दलितहरुले जोगाएका थिए ।
केटी भागाउने घटनामा रामको कुनै संलग्नता छैन । कुनै अधार वा सवुत प्रमाण छैन । केही समय अघिसम्म राम र राय एउटै स्कूलमा पढ्ने र साथी भएकै आधारमा राय परिवारले केटी भगाउन रामको हाथ हुन सक्ने आशंका गर्दै आएका छन् । आशंकाकै अधारमा दलितको छोरीलाई सार्वजनिक रुपमा बलात्कार गर्ने धम्की दिने,त्यस्तो कुरा नगर्न आग्रह गर्दा प्रतिनिधिसभा सांसद पासवानमाथि जातिय अधारमा गाली ग्लोज र ज्यान मार्ने उद्देश्यले सांघतिक हमलाले सिगो दलित समुदाय असुरक्षित भएको ठहर गर्दछ ।
कानून निमार्ण गर्ने जनप्रतिनिधि एवं सांसद जस्तो गरिमामय पदमा बहाल व्यक्तिमाथि विना कुनै कारण सांघतिक आक्रमणले फे रि अकोर्  पटक सम्पूर्ण ने पाली दलित समुदाय असुरक्षित,त्रसित र भयभित बने को  छ ।
दलित भएकै  कारण ज्यान लिने सम्मका अत्यन्तै  निर्मम र क्रुर घटनाहरु ने पाली समाजमा अहिले  पनि भइरहनु राष्ट्रिय लज्जाको  विषय बने को  छ । दलित भएकै कारण समान्य रुपमा बाँच्न पाउने अधिकार कुण्ठित हुनेगरी आक्रमण गर्नु, जो कोही नेपालीका लागि दुर्भाग्यपूर्ण भएको र यस घटनाले देशमा विभिन्न शासनहरु परिवर्तन हुँदै लोकत्रान्तिक गणतन्त्र, संघीय शासन आइसक्दा पनि देश तथा समाज अझै पनि जातीय छुवाछूत र विभेद जस्ता जघन्य मानवीय अपराधबाट मुक्त हुन नसकेको प्रष्ट भएको छ ।
तसर्थ जातीय छुवाछुत तथा कसुर सजाय ऐन २०६८ को दफा ४ को उपदफा ५, ६, ७, ८, ९ अनुसार र मुलुकी अपराध (संहिता) २०७४ऐनको र १६६ अनुार तथा प्रचलित कानुन अनुसारको कडा भन्दा कडा कार्वाही गरी पीडित लाई न्याय तथा पीडकलाई कानुनी कार्वाही गर्न माँग हामी जोडदार माँग गर्दछौ । स्थानीय प्रशासनले घटनाबारे अनुसन्धान गरी कडा भन्दा कडा कारवाही नगरिए सम्मपूर्ण दलितहरु एकजुट भई आन्दोलन गर्नु बाध्य हुनेछौं ।
यस अघि कालीको ट जिल्लाको  नरहरिनाथ गाउपालिका वडा नं. ९ की दलित महिला सदस्य मना सार्कीको गत जे ठ १९ गते  बे लुकी   दलित भएकै  कारण कुटपिट गरे र हत्या गरिएको थियो । धाराको  पानी छो एको  निहुँमा ढुंगा र पै युंको  लट्ठीले  टाउको मा निर्मम ढङ्गले  हिर्काएर हत्या गरिएको थियो ।
केही समय अघि सिरहाको कर्जन्हा नगरपालिकाका मेयर गंगा पासवान चढेको ना १ झ १६३९ जिपमा गत असोज २३ गते विशेष नगरसभामा सहभागी भएर घर फर्किदैं गर्दा आक्रमणमा गरेका थिए । मेयरमाथि आक्रमण गर्ने समूहलाई अहिलेसम्म प्रहरीले पक्राउ गरेको छैन । यसले ज्यान मार्ने मनसायबाट भएकोे आक्रमण घटना अनुसन्धानमा प्रहरी गम्भीर नभएको हाम्रो ठहर छ ।
सुरक्षाकर्मीको उपस्थितिमा हमला हुँदा पनि सुरक्षा अधिकारीहरू चुपचाप बस्नु विडम्बना हो । स्थानीयतहदेखी संघीय सरकारका प्रतिनिधिनै असुरक्षित रहनुले दलितहरु असुरक्षित महशुस गरिरहेका छन् ।
देशभरी विभिन्न ठाउँमा दलित समुदायको जनप्रतिनिधिहरुमाथि भइरहेको आक्रमण,जातिय विभेद र उपेक्षाको घटनालाई गम्भिर रुपमा लिदैं विभिन्न राजनीतिक दल,दलका दलित भातृ संगठन,मानवअधिकारकर्मी,संचारकर्मीलाई सत्यतथ्य पत्ता लगाई दोषीलाई कानुनी दायरमा ल्याउन सहयोग गर्न हामी आग्रह गर्दछौं ।
…… ……..
युक्तिलाल मरिक
अध्यक्ष

दलित सरोकार मञ्च,नेपाल
कञ्चनरुप नगरपालिका ८ कञ्चनपुर ,सप्तरी

मिति : १ मंसिर,२०७

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank