दलित छात्राको पढाईमा प्रोत्साहन गर्दै शान्ति समाज

दलित अनलाईन २६ माघ २०७९, बिहीबार १२:००

मोरङ—  मोरङका तीन दर्जन दलित छात्राहरुको पढाईलाई प्रोत्साहन गदै मानव अधिकार तथा शान्ति समाज नेपालले छात्रावृत्ति अभियान सुुरु गरेको छ ।

गरिवीको चपेटा रहेका विपन्न दलित छात्राहरुको माध्यमिक शिक्षामा पहुँच बढाउन गत बर्षदेखी पाँच बर्षे छात्रावृत्ति अभियान सञ्चालन गरेका हो ।
शान्ति समाज नेपालले मोरङको कटहरी र धनपालथान गाउँपालिकाका तीन दर्जन गरिब दलित छात्राहरुलाई बर्षेनी छात्रावृत्ति प्रदान गरि पढाईमा प्रोत्साहन गर्न थालेको हो ।
‘छोरी पढाऔ गरिमा बढाऔँ’ भन्ने आह्वानसहित ६ कक्षामा पढने दलित छात्राहरुलाई गत बर्षदेखि छात्रावृक्ति प्रदान गर्न थालिएको र कक्षा १० सम्म पुगुन्जेल निरन्तर जनही १२ हजारका दरले छात्रवृत्ति प्रदान गरिरहने मानव अधिकार तथा शान्ति समाजका निवर्तमान सभापति गोविन्द खनालले बताए ।


पुर्व सभापति खनालका अनुसार समाजले यो वर्षका लागि २५ माघमा मोरङको कटहरी गाउँपालिका स्थित थलाहाको जनता माविमा औपचारिक कार्यक्रम आयोजना गरी ३४ जना दलित छात्राहरुलाई जनही १२ हजार रुपैया छात्रावृत्ति प्रदान गरेको छ । छात्रावृत्ति पाउनेहरुमा कक्षा ७मा अध्यनरत कटहरी थलाहा स्थित जनता माविका २७ जनार धनपालथान गाउँपालिकाको दादरबेरिया स्थित सरस्वती माविका ७जना विपन्नदलित छात्राहरु रहेका छन ।
शान्ति समाज नेपालले पहिलो वर्ष २०७८ मा ६ कक्षामा अध्ययनरत ३७ जनाबालिकालाई छात्र वृत्ति प्रदान गरेको थियो । तर तीमध्ये तीन जनाले बिद्यालय छाडेकोले यो बर्ष ३४ जनाले मात्र छात्रवृत्ति पाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank