प्रेस युनियनको समावेशी सचिवमा सन्तोष गन्धर्वको उम्मेदवारी घोषणा

दलित अनलाईन २९ असार २०७९, बुधबार १९:०३

काठमाडाैं — नेपाल प्रेस युनियनको ९ औं महाधिवेशनमा समावेशी सचिवमा पत्रकार सन्तोष गन्धर्वले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । रेडियो कान्तिपुरका सह—सम्पादक गन्धर्वले प्रेस युनियनको हेटौंडामा साउन ६ र ७ गते हुने ऐतिहासिक ९ औं महाधिवेशनमा समावेशी सचिव पदमा आफ्नो उम्मेदवारी रहने घोषणा गरेका हुन ।

दाङका पत्रकार गन्धर्व विगत १६ बर्षदेखि व्यवसायीक पत्रकारीतामा छन् । दाङको रेडियो इन्द्रेणीबाट पत्रकारीता सुरुगरेका गन्धर्व अहिले कान्तिपुर रेडियोमा आवद्ध छन् । राजनीतिक विटमा काम गर्ने उनी विभिन्न संघ सस्थामा रहेर काम गर्दै आएका छन् । उनि दलित पत्रकार संघको केन्द्रीय सचिवमा रहेर काम गरिरहेका छन् । भने समुदायको अधिकारकालागि गन्धर्व कला संस्कृति संरक्षण केन्द्रमा रहेर काम गर्दै आएका छन् । उनले भनेः प्रेस स्वतन्त्रता, ट्रेड युनियन अधिकार र पेशागत सुरक्षाकालागि आफ्नो उम्मेदवारी हो । उनी भन्छन्, प्रेस युनियनलाई विशुद्ध पत्रकारहरुको संस्थाको रुपमा चिनाउन अहिलेको नेतृत्वमा परिवर्तन आवश्यक रहेको बताए ।

प्रेस युनियन लोकतन्त्र र गणतन्त्रमाथि विश्वास राख्ने पत्रकारहरुको साझा संस्था भएपनि यसले सबै पत्रकारहरुको अधिकार स्थापित गर्न काम गर्नुपर्ने अबस्था आएको बताए । उनि भन्छन्ः अहिले सबै पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ हो ,तर पनि प्रेस युनियनमा आउने अबको नेतृत्वले सबै पत्रकारलाई प्रेस युनियन पनि हाम्रो हो भन्ने बनाउन आवश्यक छ ।

प्रेस युनियनका पदाधिकारीलाई भेट्यो भने हाम्रा समस्या समाधान हुन्छन् भन्ने भावनाको विकास गर्न आवश्यक रहेको बताए । त्यसको नेतृत्व आफुले गर्ने बताए । अहिले पनि सयौं पत्रकारहरु आफ्ना समस्या लुकाएर काम गर्नु पर्ने बाद्यता रहेको भन्दै त्यस्ता विषयलाई सम्बोधन गर्न युनियनले भूमिका खेल्नु पर्ने बताए ।

उनले जिल्लामा रहेका पत्रकार थप मर्कामा पर्ने गरेको भन्दै त्यसको लेखाजोखा हुने बताए । आफै संचारमाध्ययम सञ्चालन गर्ने र आफै नेता बन्ने पत्रकारहरु पनि श्रमिकमाथि गम्भीर हुनुपर्ने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank