काठमाडौँ — जमिन नहुँदा भूमिहीन सुकुम्बासीको जीवनको उन्नतिको गति नै रोकिएको नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले बताएका छन् ।
नयाँ बानेश्वरस्थित ल्होत्से हलमा जारी पार्टीको संसदीय दलको बैठकमा बोल्दै सहमहामन्त्री परियारले सहमहामन्त्री परियारले सरकारले भूमिहीन सुकुम्बासीको समाधानमा कम चासो दिएको भन्दै त्यसबारे पार्टीले ध्यान दिनुपर्ने माग गरे ।
परियारले विगत ३० वर्षदेखिको समस्या समाधानमा सरकार र राजनीतिक दलहरू चुकिरहेको बताए । ‘सुकुम्बासीको समस्या देशैभरि छ । गएको तीस वर्षदेखि यो समस्या ज्युँका–त्यूँ छ । तर उनीहरूको आफूले भोगचलन गरिरहेको जमिन कै लालपूर्जा नभएका कारण उनीहरुको जीवनकै गति रोकिएको छ,’ उनले भने, ‘सरकारले तत्कालै भूमिहीन सुकुम्बासीहरुको समस्यालाई सम्बोधन गरोस्, यसका लागि म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
Leave a Reply