‘अब देशको नेतृत्व माओवादीले गर्छ’- प्रचण्ड

दलित अनलाईन ६ श्रावण २०७९, शुक्रबार २२:२६

काठमाडौं — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनबाट देशको नेतृत्व नेकपा (माआवादी केन्द्र) ले गर्ने दाबी गरेका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको पार्टी समायोजन/ध्रुवीकरण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

अध्यक्ष प्रचण्डले आगामी संघ र प्रदेशको आउने निर्वाचनमा माओवादीलाई देशको बागडोरको जिम्मा लिनबाट कसैले रोक्न नसक्ने उद्घोष गरे। उनले नेकपा माओवादी पुनः एकपटक पुनर्स्थापित हुने दाबी गर्दै माओवादी पार्टी पुनर्स्थापित हुन नसके संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन नसक्ने बताए। अध्यक्ष प्रचण्डले पार्टीमा पछिल्लो समय प्रवेश गर्ने नेता-कार्यकर्ताको संख्या बढिरहेको भन्दै यसले नेकपा माओवादीलाई एकपटक पुनः सरकार सञ्चालनको जिम्मा दिने वेला आइरहेको बताए। 

‘मधेसका सबैको हक, अधिकार र पहिचानको लडाईं राष्ट्रिय रूपमा स्थापित गर्ने पार्टीमा जुन बुझाइ रहेछ, त्यसले मलाई खुसी बनाएको छ। पर्सामा माओवादी पार्टी कमजोर छ। तर, अब एकपटक फेरि पुन: स्थापित हुने माओवादी नै हो,’ प्रचण्डले भने, ‘यो देशमा माओवादी पुनः स्थापित भएन भने, माओवादी पार्टी बलियो भएन भने संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन सक्दैन। आउने निर्वाचनमा अब माओवादी पार्टीलाई देशको बागडोर फेरि एकपटक आफ्नो हातमा लिन कसैले रोक्नेछैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank