मधेस प्रदेशमा दलित समुदायमाथि भइरहेको अन्याय र अत्याचारविरुद्ध भातृ सङ्गठनहरू एकजुट भएर लाग्ने प्रण

दलित अनलाईन ९ श्रावण २०८०, मंगलवार १९:२८

काठमाडाैं— दलित समुदायमाथि भइरहेको अन्याय र अत्याचारविरुद्ध मधेस प्रदेशमा क्रियाशील राजनीतिक दलका भातृ सङ्गठनहरू एकजुट भएर लाग्ने प्रण गरेका छन् ।
दलित सरोकार मञ्च, नेपालका कार्यकारी निर्देशक भोला पासवानको अगुवाइमा जनकपुरस्थित मसला कटेजमा भातृ सङ्गठनहरूको सोमबारको संयुक्त बैठकले सो प्रण गरेका हुन् ।
संयुक्त बैठकले जसपाको दलित भातृ संगठन समाजवादी दलित मुक्ति सङ्गठनका रामो महराको संयोजकत्वमा दलित भातृ सङ्गठनका सबै प्रतिनिधि सम्मिलित मधेस प्रदेशस्तरीय संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति गठन गरेको छ ।

समितिको नेतृत्व ६/६ महिनामा परिवर्तन गर्ने गरि समिति निमार्ण गरिएको छ । संयुक्त रुपमा जारी अपिलमा भनिएको छ,समितिले दलितका जुनसुकै समस्या समाधानका लागि एकजुट भएर सङ्घर्ष गर्ने निर्णय गरेको छ ।

अपिलमा विशेषगरी प्रस्तावित सङ्घीय निजामती ऐन र संशोधनको प्रक्रियामा रहेको  निर्वाचन ऐन तथा सम्पूर्ण क्षेत्र र तहमा संविधानले गरेको परिकल्पनाअनुरूप समावेशी र समानुपातिक आधारमा दलित प्रतिनिधित्वका लागि जुनसुकै कदम चाल्न पनि पछि नपर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
यसरी सबै निकायमा हुने समावेशी र समानुपातिक दलित सहभागितामध्ये पनि मधेसी दलितको संविधानको धारा ४० को उपधारा ७ बमोजिमको जनसङ्ख्याका आधारमाप्रतिनिधित्वका लागि सम्पूर्ण शुभेच्छुक, समर्थकको समेत सहयोगमा हरदम लागिपर्ने निर्णय पनि भएको छ । 
अपिलमा भनिएको छ,‘समग्रमा दलित समुदायको हक÷अधिकार प्राप्ति तथा यो समुदायमाथि भइरहेको अन्याय र अत्याचारविरुद्ध एकजुट भएर लागिपर्ने प्रण पनि हामी सबैले गरेका छौँ ।’  समितिमामा जसपाका   रामो महरा (संयोजक) र शोभित पासवान,सुनिता मोची सदस्य रहेका छन् ।

माओवादी केन्द्रका दलित भातृ संगठन नेपाल दलित मुक्ति मोर्चाका मधेश प्रदेश अध्यक्ष लवकुश बैठा,प्रदेश सचिव विनोद महरा सदस्य रहेका छन् । एमाले निकट दलित भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति मोर्चाका प्रदेश अध्यक्ष पञ्चदेव खङ्ग,सचिव अशोक मण्डल, नेकपा एस निकट नेपाल दलित मुक्ति सङ्गठनका प्रदेश अध्यक्ष रामआशीष दास र सहसचिव  ममता विश्वकर्मा सदस्य रहेका छन् ।

त्यसैगरी काग्रेस निकट नेपाल दलित सङ्घका प्रदेश अध्यक्ष रामएकवाल पासवान,सचिव राजाराम पासवान,बहुजन एकता पार्टीका राजाराम पासवान, लोसपा निकट लोकतान्त्रिक समाजवादी दलित सङ्घका सुनिता मेस्तर सदस्य रहेका छन् । 
द्यलितमाथि मधेश प्रदेशमा भइरहेको जातीय उत्पीडनका घटनामा समितिले गम्भिर भएर काम गर्ने र दलित हकहितका लागि एकताबद्ध भएर लाग्ने संयोजक रामो महराले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank