६० घर मुसहर समुदायले पाए राहत

दलित अनलाईन २२ असार २०७७, सोमबार २२:१३

काठमाडौ— नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)को आर्थिक सहयोगमा सिरहा कल्यानपुर १ का ६० घरपरिवार मुसहर समुदायले राहत पाएका छन् ।
लकडाउनको कारण दैनिक समस्यामा परेका सिमान्तकृत दलित अति विपन्न समुदाय र सुकुम्वासी क्षेत्रहरूलाई प्राथमिकतामा राखेर सोमबार फिप्नाले सिरहा कल्याणपुर नगरपालिका वडा नम्वर १ का ६० घर परिवारलाई राहत वितरण गरेको हो । प्रत्येक घर मुसहर परिवारलाई २५ केजीको १ बोरा चामल, २ केजी दाल, १ लिटर तेल र १ प्याकेट नुन सहित राहत वितरण गरेको हो ।
नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) अमेरिकाका अध्यक्ष लोक चेम्जोङले प्रेस विज्ञप्ति जारी गर्दै २१ गते देखी २९ गतेसम्म काठमाडौं उपत्यकाभित्रका विभिन्न अनाथालयहरू , वृद्धहरु, सडक वालवालिकाहरू, असाहय वालवालिकाहरू, घरबारविहिनहरू, बटुवाहरू र मजदुरहरूलाई लक्षित गरी पहिलो चरणको दश दिने राहत वितरणको कार्यक्रम सार्वजनिक गरेको हो ।

फिप्ना अमेरिकाले उपत्यकाभन्दा बाहिरको जिल्लाहरूमा सिरहा जिल्ला कल्याणपुर नगरपालिका वडा नम्वर १ का ६० घर परिवारलाई राहत गरेसँगै असार २५ गते दैलेख जिल्लाको गुराँस गाउँपालिका वडा नं. ५ मा राउटे समुदायलाई, असार २६ गते धनकुटा जिल्लाको तमोर कोरीडोरको लेउती बगर क्षेत्रका मजदुरहरूलाई खाद्यान्न सामग्री वितरण गर्दैछ । तमोर कोरीडोरका माँझी समुदाय तथा मकवानपुरका चेपाङ समुदायलाई प्रथम चरण अन्तर्गत राहत वितरण गरिनेछ ।


खाद्यान्न सामग्रीहरूमा प्रत्येक परिवारलाई चामल २५ केजी, दाल २ केजी, नुन १ पोका र तेल १ लिटरका दरले वितरण गर्नुका साथै राउटे समुदायलाई प्रति परिवार १ सेट टेन्टसमेत वितरण गरिने कार्यक्रम रहेको छ ।
राहत वितरणको सम्पूर्ण आर्थिक व्यवस्थापन नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा हुने अध्यक्ष लोक चेम्जोङले बताए ।
देशभरीको राहत वितरणको लागी योजनाहरूको समन्वयात्मक भूमिकाको लागि नेपाल आदिवासी जनजाति महासंघ, संघीय परिषद् सचिवालय काठमाडौं नेपालले गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank