मुक्त कमैयालाई अधिकार सम्पन्न गराउन माग

दलित अनलाईन ४ श्रावण २०८०, बिहीबार १७:५७

काठमाडाैं—   राष्ट्रियसभाको आजको बैठकमा सांसद हरिराम चौधरीले ३० हजार बढी परिवारलाई कमैयालाई मुक्त घोषणा गरेको भए पनि उनीहरुले वास्तविक रुपमा मुक्ति पाउन नसकेको बताएका छन्।

राष्ट्रियसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारले मुक्त घोषणा गरेको भए पनि जमिन्दारको घरमा नै बस्नुपरेको, मानवीय जीवन जीउन नपाएको गुनासो गरे।

मुक्तकमैया परिवारले रोजगारी पाउन नसकेको, शिक्षा, स्वास्थ्यमा विभेद रहेकाले समस्या समाधान गर्न उनले सरकारको ध्यानाकर्षण गराए।

सांसद भैरवसुन्दर श्रेष्ठले स्वयम्सेवी संस्थाको रुपमा परिचित नेपाल रेड्क्रसमा देखिएको विवादका कारण मुलुकको मान प्रतिष्ठामा आँच पुगेको आरोप लगाए। उनले रेडक्रसका सन्दर्भमा सरकारले गरेको निर्णयकाविरुद्ध पटकपटक सर्वोच्च अदालतले दिएको आदेश लत्याएर वैधानिक समितिलाई बाहेक गरिएको जिकिर गरे।

सांसद तुलप्रसाद विश्वकर्माले गणतान्त्रिक सरकारको मातहतमा रहेको नेपाली सेनाको सङ्ख्या घटाउने विषयमा भइरहेका बहसप्रति आपत्ति प्रकट गरे। उनले देशव्यापी रुपमा दलित समुदायमाथि उत्पिडन भइरहेकाले दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank