अन्तरजातीय विवाहले श्रीमानलाई जेल : बबिता न्याय खोज्दै काठमाडौंमा

दलित अनलाईन १० असार २०८०, आईतवार ०९:५७

काठमाडौँ  — आफूलाई अपहरण गरेको अभियोगमा आफ्नै श्रीमान्लाई जेल हालेपछि सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका– ४ की बबिता इसर न्याय खोज्दै संघीय राजधानी काठमाडौं आइपुगेकी छिन् ।

दलित युवक मनोजकुमार रामसँग प्रेमविवाह गरेपछि उनका बुबा ललित इसरले हालेको मुद्दामा सप्तरी जिल्ला अदालतको आदेशले श्रीमान्लाई जेल हालेपछि बबिता न्यायको लडाइँमा छिन् ।

जिल्लामा प्रदर्शनदेखि विभिन्न अधिकारवादी संघसंस्थाको ध्यानाकर्षण गराएपछि आइतबार सर्वोच्च अदालतमा मुद्दाको पेसी लागि बबिता शनिबार एक्लै काठमाडौं आइपुगेकी हुन ।

अधिवक्ता शैलेन्द्रप्रसाद हरिजन अम्बेडकरले शुक्रबार दर्ता गराएको रिटको पेसी आइतबारका लागि तोकिएको छ । रिटमा जिल्ला अदालत राजविराजका साथै जिल्ला सरकारी वकिलको कार्यालय, जिल्ला कारागार कार्यालय र जिल्ला प्रहरी कार्यालयसमेतलाई विपक्षी बनाइएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगको निगरानीमा कीर्तिपुरमा बसेको बबिता इसर रहेको  बताइन् ।  ‘अहिले राष्ट्रिय मानव अधिकार आयोगको निगरानीमा कीर्तिपुरमा बसेको छु,’ बबिताले भनिन्, ‘आइतबार राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय महिला आयोग गएर मेरा सम्पूर्ण कुरा सुनाउँछु । आइतबार नै सर्वोच्चमा पेसी छ, त्यहाँ पनि आफूले भोगेका सबै विषय राख्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank