नयाँ कानुन बनाऔं, विकासको रफ्तारलाई तीव्रता दिएर नयाँ रेकर्ड राखौं : प्रधानमन्त्री (पूर्णपाठ)

दलित अनलाईन १८ माघ २०८१, शुक्रबार २०:३५

काठमाडौँ  — प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ कानुन बनाएर विकासको रफ्तारलाई तीव्रता दिन नयाँ रेकर्ड राख्ने दाबी गरेका छन्। प्रतिनिधिसभाको पाँचौ अधिवेशनको पहिलो दिनको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताका हितमा, राष्ट्रलाई अलमलबाट तीव्र गतिको विकासमा लैजान कोही प्रतिपक्ष हुनुनपर्ने बताएका छन्।

‘सदनमा हामी कोही सरकार पक्ष छौं, कोही प्रतिपक्ष छौं। जनताका हितमा, राष्ट्रलाई अलमलबाट तीव्र गतिको विकासमा लैजान कोही किन प्रतिपक्ष हुनै पर्छ ? संसद्को यस अधिवेशनले आवश्यक नयाँ कानुन दिएर विकासको रफ्तारलाई तीव्रता दिन नयाँ रेकर्ड राख्ने छ भन्ने विश्वास गर्दछु।’

Laxmi sunrise bank 2034

उनले अब ८० को दशक समृद्धिको दशक हुनुपर्ने दाबी गरे। ‘२०५० पछिको एक दशक, अन्यौल र गञ्जागोलको समयभन्दा फरक पर्दैन। यसलाई बहुदलीय व्यवस्थाविरुद्ध हिंसाको दशक पनि भन्न सकिएला। यो दशक राजनीतिक अस्थिरता, अनिश्चितता र गञ्जागोलले भरिएको दशक थियो।’ उनले भने,‘तर, ८० को दशक समृद्धिको दशक हुनु पर्छ। यो समयलाई खेर नफालौं। अबको दशकलाई विकासको दशक बनाऔं र देशलाई स्थिरता दिऔं।’

ओलीले एउटै कानुनी व्यवस्था राखेर चाहे अनुसारको विकासको काम गर्न नसकिने बताए। उनले भने,‘अर्बौ अर्बका ठेक्का लागेका वा लाग्नु पर्ने परियोजना र लाख या केही करोडमा सकिने विकास निर्माणका कामका लागि एउटै कानुनी व्यवस्था राखेर हामीले चाहे अनुसारको विकासको काम गर्न सकिंदैन।’

प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank