राज्य शक्तिको दुरुपयोग गरी मानव बेचबिखन गर्नु लोकतन्त्रको लागि चिन्ताको विषय : आयोग

दलित अनलाईन ३ जेष्ठ २०८०, बुधबार १८:५३

काठमाडौं — राष्ट्रिय मानव अधिकार आयोगले नागरिकको सेवामा खटिएका निकायबाट नै राज्यशक्तिको दुरुपयोग गरी नक्कली शरणार्थी बनाएर मानव बेचबिखन गर्नु लोकतन्त्रका लागि चिन्ताको विषय भएको बताएको छ ।

CG

बुधबार पत्रकार सम्मेलन गरी आयोगले राज्यशक्तिको दुरुपयोग गरी नक्कली शरणार्थी बनाएर मानव बेचबिखन गर्नु गम्भीर प्रकृतिको भ्रष्टाचारको विषय मात्रै नभई मानव बेचबिखन र ठगीको गम्भीर अपराध भएको बताएको हो ।

आयोगका अध्यक्ष तपबहादुर मगरले भ्रष्टाचारले सार्वजनिक जवाफदेहिता र पारदर्शितामा प्रभाव पार्ने र आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार, स्वास्थ्य, शिक्षा, आवास, खानेपानीलगायत नागरिकको जीविकोपार्जनमा असर पर्ने बताए । उनले भ्रष्टाचारका मुद्दामा शून्य सहनशीलताको नीति अवलम्बन गरी उच्च मनोबलका साथ स्वतन्त्र, स्वच्छ र निष्पक्ष अनुसन्धानमार्फत् संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन आग्रह गरे ।

राज्यशक्तिको दुरुपयोग गरी निकृष्ट अपराधको अनुसन्धानमा प्रभाव पार्न सक्नेतर्फ सचेत रहेर कानुनबमोजिम अनुसन्धान तथा अभियोजनको जिम्मेवारी निभाउन आयोगले आग्रह गरेको छ ।

CG

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank