कञ्चनपुरमा दलित बालिकाको सामुहिक बलात्कार

धनबहादुर बिक २२ भाद्र २०७७, सोमबार २१:३९

 कञ्चनपुर— जिल्लाको दक्षिणी क्षेत्र बेलडाडी गाउँपालिकामा दलित बालिकामाथि सामुहिक बलात्कार भएको छ ।

१६ वर्षीय नाम परिवर्तन ( विन्दु सुनार ) लाई १७ देखि २५ वर्षसम्मका स्थानीय सुरज सावंद , मोहन सावंद , मनोज , विष्ट , दिपक भट्ट र एकजना नाम नखुलेकाले बालिकालाई अपहरण गरि पाँच दिनसम्म पटकपटक जवरजस्ती करणी गरिएको खुल्न आएको हो ।

दुई वर्ष अघि कञ्चनपुरमा घटेको निर्मला पन्तको बलात्कारपछि हत्या हुन गएको घटनापछिको दोस्रो घटना घटन बेलडाडीमा घटेको छ ।
अपहरण गरी यौन शोषण गरेको आरोपमा पिडित बालिकाका बुवा दिपक सुनार र मामा दिलिप सुनारले सोमबार (आज) ईलाका प्रहरी कार्यालय बेलडाडीमा दोषी युवाहरू विरूद्ध कानुनि कारबाहीका लागि लिखित उजुरी दिएका छन । प्रहरीले बालिकालाई स्वास्थ्य परिक्षण लागि महाकाली अञ्चल अस्पतालमा सोमबार नै पठाएको छ । प्रहरीले दोषीहरूलाई छिट्टै नियन्त्रणमा लिईने ईलाका प्रहरी कार्यालय बेलडाडीका प्रहरी निरिक्षक राजेन्द्र बहादुर सिंहले बताए ।

घटनालाई दबाउन ईलाका प्रहरी कार्यालय बेलडाडीका प्रहरी जवान रोहित रोकायाले दोषी युवाहरूलाई बचाउका लागि भूमिका निर्वाह गरिएको पिडितहरूले आरोप लगाएका छन ।

यस अघि प्रहरीले बालिका सहित घटनास्थलबाट पक्राउ परेका तथा कानुनि कारबाहीको दाएरामा ल्याउनुपर्ने दोषी युवाहरूलाई सामान्य छलफल गरि छोडेको थियोे भने बालिकालाई अभिभावकको जिम्मा लगाईएको थियोे ।
बालिका सुनार बेलौरी नगरपालिका ४ नयाँ रिछाह घर भई बेलडाडी गाउँपालिका २ चौवन्नी गैरामा बसोबास गर्ने मामा दिलिप सुनारकोमा बस्दै आएकी थिइन् । भाद्र १४ गते बिहान सुरज सावंद साथीले बोलाएको भनि भेटन गएकी सुनारलाई सावंदले स्थानीय बजारमा दिपक कस्मेटिक पसलको पछाडी कोठामा लगि राखेको र यस अघि नै उक्त कोठामा तीन जना युवाहरू रहेका उक्त समुहले बालिकालाई टफि भनी नसा लाग्ने औषधि खुवाई बालिकालाई अपहरण गरि अन्यत्र ठाउँमा पुराएर पटकपटक यौन शोषण गरिएको खुल्न आएको छ ।

भाद्र १४ गते घरदेखि बेपत्ता भएकी बालिकाको खोजी गरिपाउँ भनी बालिकाका मामाले भाद्र १९ गते प्रहरीलाई लिखित जानकारी गराएपछि खोजविनका क्रममा प्रहरीले बेलडाडी गाउपालिकादेखि अन्दाजी तीन किलोमिटर दुरिमा रहेको बेलौरी नगरपालिका १० स्थित सुगरमिल नजिकै १९ गते राति ११ बजे सम्वेदनशील अवस्थामा फेला परेको र प्रहरी कार्यालयमा ल्याएको प्रहरी निरिक्षक सिंहले बताए ।
घटनालाई दबाउन ईलाका प्रहरी कार्यालय बेलडाडीका प्रहरी जवान रोहित रोकायाले दोषी युवाहरूलाई बचाउका लागि भूमिका निर्वाह गरिएको पिडितहरूले आरोप लगाएका छन ।

पिडित बालिकालाई न्यायका लागि कांग्रेस दलित संघ कञ्चनपुर क्षेत्र नम्बर १ क्षेत्रीय कार्यवाहक सभापति किसन नेपाली , नेपाल दलित मुक्ति अभियान ७ नम्बर प्रदेश सह ईन्चार्ज दान बहादुर सुनार , बेलडाडी दलित हकहित सञ्जाल का संयोजक दिनेश सुनार दलित बुद्धिजीवी गणेश सुनार लगायत स्थानीय दलित अगुवा , पत्रकार को रोहवरमा दोषीलाई कार्वाही हुनुपर्ने माग सहित ईलाका प्रहरी कार्यालय बेलडाडीमा पिडितका तर्फबाट लिखित उजुरी दिएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank