यौन दुर्व्यवहार मुद्दामा ट्रम्प दोषी ठहर

दलित अनलाईन २७ बैशाख २०८०, बुधबार ११:५१

काठमाडौँ —अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार र मानहानी सम्बन्धी मुद्दामा दोषी ठहर भएका छन्। न्युयोर्कको एक अदालतले ट्रम्पलाई दुबै मुद्दामा दोषी ठहर गर्दै पीडित महिला ई. जिन क्यारोललाई ५० लाख अमेरिकी डलर दिनुपर्ने फैसला सुनाएको छ।

CG

एक दर्जनभन्दा बढी महिलाले अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि यौन दुर्व्यवहारको आरोप लगाएका छन्, तर अदालतले पुष्टि गरेको यो एकमात्र आरोप हो। जिन क्यारोल एक स्थापित पत्रकार हुन्। उनी इले पत्रिकाकी जानेमाने स्तम्भकार हुन्। उनले सन् २०१९ मा आफ्नो पुस्तक’ह्वाट डु वी निड मेन फर’सार्वजनिक गर्नुपूर्व न्युयोर्क म्यागजिनमार्फत् पुस्तकको अंश बाहिर ल्याएकी थिइन्।

Shivam Cement

ट्रम्पले आफूलाई बलात्कार गरेको अस्विकार गरेर झुट बोलेको र आफ्नो मानहानी गरेको भन्दै क्यारोलले ट्रम्पविरूद्ध मानहानीको मुद्दा दायर गरेकी थिइन्। अदालतले उनलाई ३० लाख अमेरिकी डलर मानहानी गरेबापत र बाँकी २० लाख अमेरिकी डलर यौन दुर्व्यवहार गरेबापत गरी कूल ५० लाख अमेरिकी डलर तिर्नुपर्ने फैसला सुनाएको अधिकारिहरूले जनाएका छन्।

ट्रम्पका वकीलहरूले कुनै पनि साक्षीलाई अदालतमा बोलाएनन् र गतवर्ष उनीमाथि मुद्दा हालेकी क्यारोलले आफ्नो रोमान्टिक जीवनलाई सदाका लागि अन्त्य गरेको बताएकी थिइन्। दुई सातासम्म म्यानहटन फेडरल कोर्टमा जारी यस सुनुवाइमा आरोपित ट्रम्प भने उपस्थित भएका थिएनन्। उनले सुरुदेखि नै उक्त आरोप मिथ्या भएको दाबी गर्दै आएका छन्। अबको राष्ट्रपतीय निर्वाचनमा लड्नका लागि ट्रम्पलाई यो फैसलाले ठूलो धक्का पुगेको आकलन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank